22.1 C
Kathmandu
Wednesday, September 27, 2023
Homeअन्तरराष्ट्रियअंपुन नामको चक्रवातले भारत र बंगलादेशमा १५ जनाको मृत्यु

अंपुन नामको चक्रवातले भारत र बंगलादेशमा १५ जनाको मृत्यु

काठमाडौं । बंगाल खाडीमा बनेको अंपुन नामको चक्रवातका कारण  भारत र बंगलादेशमा कम्तिमा १५ जनाको मृत्यु भएको छ। चक्रवातको प्रभावले भारतको कोलकता, पश्चिम बंगालसहित बंगलादेशमा भीषण वर्षासहितको ठूलो हावाहुरी चलेको थियो । उक्त चक्रावतले दुबै मुलुकमा १५ जनाको मृत्यु भएको उल्लेख भए पनि कहाँ कति भन्ने खुलाइएको छैन ।

ठूलो हावाहुरीका कारण रुखहरु उखेलिएका थिए भने हजारौं घरका छाना उडाएको तथा ठाउँ/ठाउँमा घर नै भत्किएको जनाइएको छ ।

चक्रवातको प्रभावले भारत र बंगलादेशका तटीय क्षेत्रबाट विस्थापित भएका करिव ३० लाख मानिसहरूलाई कोरोना भाइरस संक्रमणको त्रासले  कायम गरिएका प्रतिबन्धले राहत वितरणमा पनि समस्या भएको छ ।

सन् १९९९ पछि बंगालको खाडीमा बनेको सबैभन्दा ठूलो भनिएको उक्त चक्रवातको असर अब भने क्रमिक रूपमा घट्दै जाने बीबीसीले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments