धरान / केही दिन अघि शरान १५ मा आगलागी हुँदा इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत एक जना विद्यार्थीको डेरामा समेत आगलागीले पुरै क्षति भएको भन्दै होप धरानले मंगलबार सहयोग उपलब्ध गरिएको छ।
उक्त विद्यार्थीको नाम थर ठेगाना नखुलाई राखिएको कुरा होप धरानका निश्चल पलिखेले जानकारी दिए।पलिखेले अग्निपिडित विद्यार्थीलाई १० हजार बराबरको खाद्य सामग्री लत्ताकपडा लगायत सहयोग उपलब्ध गराएको जानकारी दिए।
केहि दिन अगाडि धरान -१५ स्विमिङ पुल नजिक भीषण आगलागी भइ २ जनाको घटना स्थलमै मृत्यु भएका थिए।उक्त घर भाडामा बस्दै आएका एक इन्जिनियरिङ क्याम्पस धरानका विद्यार्थीले त्यसै आगलागीमा सम्पुर्ण क्षति बेहोर्नु परेको जानकारी पाएपछि होप धरानले सहयोग जुटाई उपलब्ध गराएको बताए।
होप धरानको आयोजनामा सदस्य डेबिड लिम्बुको संयोजकत्वमा सल्लाहकार सुजन श्रेष्ठको विशेष सहयोगमा र शिला बज्राचार्यको संयोजनमा खाद्यान्न सामानहरु हस्तान्तरण गरिएको हो ।