अजित घिमिरेको स्वरमा गीत ‘कालीको ठुम्का’ सार्वजनिक भएको छ । गायक घिमिरेकै शब्दरसङ्गीत, उदयराज पौडेलको एरेञ्ज र कार्टून क्रुज तथा भीमफेदी गाइजको बेजोड नृत्य रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
निर्मल लामाले निर्देशन, पवन शुसलिङको छायाँकन तथा सम्पादन रहेको गीतको भिडियोमा चर्चित मोडल आशमा विश्वकर्मालाई कालीको भूमिकामा देख्न सकिन्छ । आश्मालाई पर्दामा सरोज अधिकारी, निर्मल लामालगायत अन्य कलाकारले साथ दिएका छन् ।भिडियो :