धरान/ समाजवादी पार्टी याक्खा स्वायत्त क्षेत्र समितिले अत्यावश्यक बस्तुको अभाव हुन नदिन ध्यानाकर्षण गराएको छ ।
याक्खा स्वायत्त क्षेत्र समिति अध्यक्ष हेमराज जिमिले शनिबार प्रेस बिज्ञपति जारी गर्दै नेपाल सरकार संघ,प्रदेश र स्थानीय निकायले यो विषम परिस्थितिमा आफु र आफ्नो मातहतका सबै संरचनालाई प्रभावकारी परिचालन गर्ने , एवं देशका सबै स्थानमा जस्तै शहर,गाउँ सबैतिर चिकित्सक तथा फ्रन्ट लाईनमा काम गर्ने स्वास्थ्यकर्मीहरूको स्वास्थ्य सुरक्षा तथा थप समाग्री उपलब्ध गराउने र अति विपन्न सुकुम्बासी तथा अव्यवस्थित बसोबास बस्तीमा खाना तथा अत्यावश्यक उपभोग्य बस्तुको अभाव हुन नदिन तीनै तहका सरकारहरू साथै सम्बन्धित संघ संस्था र सम्बन्धित सबैलाई विशेष ध्यानाकर्षण गर्दछु भनिएको छ।
प्रेस बिज्ञप्ती २०७ चैत १५
आदरणीय दिदीबहिनी दाजुभाइ तथा पत्रकार साथीहरू ! विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस COVID-19 नियन्त्रणका लागि नेपाल सरकारद्वारा यहि चैत ११ गतेका दिन बाट लकडाउन जारी गरेको आज पाचौं दिन भएको छ। यति हुदाहुदै कोरोना भाइरस संक्रमित भइ दुई जनाको मृत्यु भैसकेको छ भने आंशिक रूपमा बढ्दो अबस्थामा रहेको छ। यसबेला कोरोना भाइरस COVID-19 बाट आफू बाच्ने र अरुलाइ पनि बचाउनु प्रत्येक मानिसको जिम्मेवारीहो यस्तो बेला हामी सबैले चनाखो,आत्मसंयम हुन, सावधानी र सचेतना अपनाउनु जरुरी छ।
साथीहरू हामी सचेत मानिस सबैजना कुनैन कुनै संघसंगठन ,सस्था, उध्योग, ब्याबसायमा, समाजसेवा वा राजनीति पार्टीमा जोडिएकाछौ । यो महामारीको अवस्थामा भावनात्मक रूपमा के गरौं कसो गरौं कसरी सेवा सुबिधा लिने र अरुलाइ सेवा पुर्याउने अर्थात कसरी उद्वार गरौं भनी छटपट्टी हुनु स्वभाविक हो तर यस बेला अत्यन्तै सजक भएर आफू बाच्ने र अरुलाइ बचाउने कुरा प्रमुख विषय हो ।
आदरणीय दिदीबहिनी दाजुभाइ तथा साथीहरू यस्तो विषम परिस्थितिमा नेपाल सरकारले गरेको लकडाउनको आदेशलाई सबैले पुर्ण रूपमा अनुशासित भइ पालन गर्न गराउन रचनात्मक भुमिका खेलौं । घर वाट बाहिर ननिस्कने, नियमित साबुन पानीले हात धुने, हाक्षु गर्दा खोकीलाग्दा नाक मुख छोप्ने, जाथाभावि फोहोर नगर्ने नथुक्ने ,मानिसको बीच नजाने जान परिहाले न्यूनतम ४ फिट अलग रहने जस्ता स्वास्थ्य सम्बन्धी नियमहरूलाई पालना गर्न आआफ्नो स्थान बाट सकारात्मक कदम चालौ ।
दिदीबहिनी दाजुभाइ हामीले गर्नु धेरै छ समाजमा रहेको जातीय विभेद तथा छुवाछूत जस्तो कुप्रथाको अन्त्य,समाजिक धार्मिक तथा भौगोलिक विकटताको अन्त्य गर्दै समतामूलक समाज निर्माण र अन्तर्राष्ट्रिय रूपमा नेपाल र नेपाली जनताको उच्चशिर पार्न बिकास र समृद्धि ल्याउनु छ ।,तसर्थ यसबेला नोबेल कोरोना भाइरस COVID-19 अत्यन्तै सुरक्षित भएर आआफ्नो तर्फबाट रचनात्मक भुमिका खेल्न देश बिदेशमा रहनुभएका समाजवादी पार्टी, याक्खा स्वायत्त समितिका नेताकार्यकर्ता पार्टीका सहकर्मी साथीहरू विशेष आग्रह समेत आह्वान गर्दछु ।
साथै नेपाल सरकार संघ,प्रदेश र स्थानीय निकायले यो विषम परिस्थितिमा आफु र आफ्नो मातहतका सबै संरचनालाई प्रभावकारी परिचालन गर्ने , एवं देशका सबै स्थानमा जस्तै शहर,गाउँ सबैतिर चिकित्सक तथा फ्रन्ट लाईनमा काम गर्ने स्वास्थ्यकर्मीहरूको स्वास्थ्य सुरक्षा तथा थप समाग्री उपलब्ध गराउने र अति विपन्न सुकुम्बासी तथा अव्यवस्थित बसोबास बस्तीमा खाना तथा अत्यावश्यक उपभोग्य बस्तुको अभाव हुन नदिन तीनै तहका सरकारहरू साथै सम्बन्धित संघ संस्था र सम्बन्धित सबैलाई विशेष ध्यानाकर्षण गर्दछु |
अध्यक्ष हेमराज याक्खा
याक्खा स्वायत्त केन्द्रीय समिति ।
समाजवादी पार्टी ।