23.2 C
Kathmandu
Wednesday, June 7, 2023
E Sewa
Homeराजनीतिअध्यादेशको गैर लोकतान्त्रिक कदम विरुद्ध एक बनौ- उपेन्द्र यादव

अध्यादेशको गैर लोकतान्त्रिक कदम विरुद्ध एक बनौ- उपेन्द्र यादव

धरान / समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादबले केपि ओलि सरकारले अध्यादेश ल्याएर गैर लोकतान्त्रिक कदम चालेको भन्दै त्यस विरुद्ध एकता हुन् सबैलाई आह्वान गरेको छ।

बैशाख ९ गते प्रेस बिज्ञप्ति जारी गर्दै कोरोना महामारीबाट जनताको जिवनको रक्षा गर्दै लोकतन्त्रको रक्षा र राष्ट्रिय हितका लागि सरकारले चालेको कदम गैर लोकतान्त्रिक भएको आरोप लगाएको छ। देश कोरोना भाइरसबाट आक्रान्ता भै नेपाली जनता लकडाउन पीडा भोगिरहेको अवस्थामा सरकारले अध्यादेश मार्फत  राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन अध्यादेश  २०७७ र संबैधानिक परिषद काम कर्तव्य र अधिकार र कार्यबिधी सम्बन्धी पहिलो संशोधन अध्यादेश २०७७ कानुनहरु संशोधन गरेको उल्लेख छ।बिज्ञप्तिमा राजनितिक दल सत्ता शक्ति   पद र आर्थिक चलखेल गरि फुटाउने षड्यन्त्र गर्न अध्यादेश ल्याएको आरोप छ। यस्ले मुलुकमा अस्थिर राजनीतिक ल्याउने र लोकतन्त्रलाई नै समाप्त पारि देशलाई नै दुर्घटना बनाउने सचेत गराएको छ ।

सरकारले ल्याएको अध्यादेशले नेपाली जनताको ठूलो त्याग संघर्ष र बलिदानबाट प्राप्त संघीयता लोकतन्त्र गणतन्त्र र समाबेसितालाई धरापमा पार्ने र सिंगो मुलुकलाई नै द्वन्द्व र अस्थिरता तर्फ लाने खतरा रहेको उल्लेख छ।बिज्ञप्तिमा यो अध्यादेशले लोकतन्त्र र संविधानको मर्म र भावनाको प्रतिकुल हुनुका साथै देश जनताको हित बिपरित रहेको उल्लेख छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments