गायक अनमोल प्रकाश र गायिका दीपा लामाको स्वरमा” एउटा कुरा सोधौं “बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको हो । बहु प्रतिभाका धनी रमेश बाबुले लेखेका प्रेमिल शब्दहरुमा बिशाल निरौलाले संगीत गरेका छन् ।
रमेश बाबु र श्रृजना जि.सी.ले अभिनय गरेको भिडियोलाई राहुल बराईलीको निर्देशनमा बासु न्यौपानेको छायाँकन रहेको छ । त्यसै गरी बिर ब. लामाको कोरियोग्राफी र मिलन बुढाको सम्पादन भिडियोमा छ । हेर्नुहोस भिडियो: