20.1 C
Kathmandu
Wednesday, November 29, 2023
Homeअन्तरराष्ट्रियअनलाइन कक्षा लिनका लागि स्मार्टफोन नपाएपछि आत्महत्या

अनलाइन कक्षा लिनका लागि स्मार्टफोन नपाएपछि आत्महत्या

भारतको केरला राज्यमा एक छात्राले अनलाइन कक्षा लिनका लागि स्मार्टफोन नपाएपछि आत्महत्या गरेकी छन् । कक्षा ९ मा अध्ययरत १४ वर्षीया छात्राले आत्महत्या गरेकी हुन् ।

कोरोना भाइरसको महामारीका कारण विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गरेका थिए । अनलाइन कक्षामा सहभागी हुन स्मार्टफोन परिवारले उपलब्ध गराउन नसकेपछि ति छात्राले आत्महत्या गरेकी हुन्।

मृतक छात्रा बाबुआमा बालाकृष्ण र शिबासँग केरला भलन्चरी नजिक मंगेरी क्षेत्रमा बसोबास गर्दै आएकी थिइन् ।

दलित परिवारकी ती बालिका गभर्मेन्ट हायर सेकेण्डरी स्कूल, इरिमविलियमकी विद्यार्थी थिइन् । बालिका गत साताको सोमबार साँझ ४ बजेदेखि हराएकी थिइन्। त्यसको केही समयपछि घरभन्दा १ सय मिटर टाढा उनको शब भेटिएको थियो ।

बालिकाको आमाबाबुले बालिकाले अनलाइन कक्षामा सहभागी हुन नसकेका कारण आत्महत्या गरेको बताएका छन् । उनीहरुका अनुसार देविका मेहनती छात्रा थिइन्, र उनले कक्षा ९ को अनलाइन कक्षाहरु छुटेको सहन नसकी आत्महत्या गरेकी हुन् । उनको घरमा स्मार्टफोन र टेलिभिजन छैन ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments