धरान/कोरोना संक्रमणबाट बिश्वब्यापी संकटले संचार जगतमा पनि प्रभाव पारेको भन्दै बैकल्पिक अनलाइन मिडिया तथा जेठो साहित्यिक पत्रीका सन्चालन गर्न राहतको माग गरिएको छ।सुचनाको मौलिक हक सुसुचित गर्ने धरान भित्रबाट सञ्चालन भएका अनलाइन मिडियाहरु पनि यसबाट प्रभावित भएका छन।
राहत उपलब्ध गराउदा अनलाइन सहित जेठो साहित्यिक पत्रकारितालाई बेवास्ता नगर्न समेत माग गरिएको छ।नेपाल साहित्यिक पत्रकार संघ प्रदेश १ का अध्यक्ष लम्जेल संघर्षशिलले प्रेस बिज्ञप्ति जारी गर्दै यस्तो माग गरिएको हो।
जोखिम मोलेरै भए पनि अहिले धरानमा डेढ दर्जन अनलाइन मिडियाहरुले हरक्षण सुचना तथा समाचार संम्प्रेषण गरिरहेको छ।धरानवासीको सुचनाको हकलाई सुनिश्चित गर्नका साथै संसारभरका नागरिकलाई समेत सुसुचित गरिरहेका छन् । छापा मिडिया त लगभग ठप्प भैसकेको अवस्थामा सुचनाको एक मात्र माध्यम अनलाइन मिडिया मात्र विकल्पको रुपमा छ।यस्तो संकटमा अनलाइन मिडियाहरुलाई जोगाउनु स्थानीय सरकारको दयित्व पनि हो ।
अनलाइन मिडियालाई कसरी लान सकिन्छ भनेर धरानमा जेठ ५ गते नेपाल पत्रकार महासंघ सुनसरीको समन्वयमा छलफल भएको छ।छलफलले अनलाइन मिडिया सञ्चालनका लागि धरान उपमहानगरमा राहत सहयोग माग गर्ने निर्णय गरेको छ ।
ज्यानकै जोखिम उठाएर सुचना तथा समाचार सम्प्रेषण गर्ने मिडिया र मिडियाकर्मीलाई राहत र सुरक्षामा राज्यले ध्यान दिन जरुरी छ ।
बिज्ञप्ति
नेपाली सञ्चार जगतको जेठो पत्रकारिता साहित्यिक पत्रकारिता क्षेत्रलाई राज्य र पत्रकारका पेशागत हकहित र संरक्षणका लागि क्रियाशिल संघ संस्थाबाट समेत ध्यान नदिँदा साहित्यिक पत्रपत्रिकाको अस्तित्व नै मेटिने अवश्था छ । यस पक्षमा आवाज उठाउँदा समेत वेवश्ता हुन थालेको छ । प्रदेश १ बाट १४ वटा साहित्यिक पत्रपत्रिका प्रकाशन भईरहेका छन् । सुनसरीको इटहरीबाट बागियान द्धैमासिक साहित्यिक पत्रिका र धरानबाट गुफाथुम्की गर्जन त्रैमासिक साहित्यिक पत्रिका प्रकाशन भईरहेका छन् ।
अहिले राज्यबाटै वेवास्ता गरिएका साहित्यिक पत्रपत्रिकालाई अन्य छापा, अनलाइन, रेडियो, टेलिभिजन सो सरह लोककल्याणकारी सुचना र राहत सहयोग उपलब्ध गराउन संघ, प्रदेश र स्थानीय सरकार समक्ष नेपाल साहित्यिक पत्रकार संघ १ नं. प्रदेश समितिले जोडदार माग गरेको छ । संघले साहित्यिक पत्रकारहरुलाई सुचना विभागबाट उपलव्ध हुने प्रेस प्रतिनिधि प्रमाण पत्र र परिचय पत्रमा विभेद नगरी उपलव्ध गराउन समेत नेपाल सरकारलाई माग गरेको छ ।