30.5 C
Kathmandu
Friday, June 2, 2023
E Sewa
Homeराजनीतिअन्तत:प्रधानमन्त्री ओली अध्ययादेश विवादले नैतिक सङ्कटमा परेपछि शक्ति-बाँडफाँट गर्ने प्रकृयामा सकारात्मक

अन्तत:प्रधानमन्त्री ओली अध्ययादेश विवादले नैतिक सङ्कटमा परेपछि शक्ति-बाँडफाँट गर्ने प्रकृयामा सकारात्मक


काठमाण्डौं-प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको आन्तरिक विवाद मिलाउन शक्ति बाँडफाँटका लागि तयार भएका छन्।वरिष्ठ नेता माधवकुमार नेपाललाई ओलीले यस्तो सन्देश पठाएका हुन्।अध्यादेश प्रकरणले नेकपा भित्र विवाद उत्कर्षमा पुगेको छ।सोही समयमा सोमबार दिउँसो ओली र नेपालबीच लामो संवाद भएको छ।संवादका क्रममा नेपालले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष मध्य एक पद छाड्न सुझाव दिएको स्रोतको भनाइ छ।नेपालले पार्टी अध्यक्ष हुन चाहेको बुझेका ओलीले आगामी महाधिवेशनबाट पार्टी अध्यक्ष बनाउन सहयोग गर्ने आश्वासन समेत दिएको जनाएको छ।त्यसपछि दुवै पक्षले आ-आफ्ना नेताहरुलाई वार्ताका लागि खटाएका पनि छन्।दुवै पक्षका नेताहरुबीच कोटेश्वरस्थित नेपालको निवासमा सोमबार दिउँसो पनि छलफल भएको छ।प्रधानमन्त्री केपी ओली पक्षबाट उप प्रधानमन्त्री ईश्वर पोखरेल,प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल,परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तथा नेपाल पक्षबाट नेताहरू भीम रावल,सुरेन्द्र पाण्डे र रघुजी पन्तले कोटेश्वर पुगेर छलफल गरेका हुन्।

नेपालका पक्षका एक नेताका अनुसार शक्ति बाँड-फाँटका लागि प्रधानमन्त्री ओली तयार भएको बताएका छन्।प्रधानमन्त्री ओलीले यस्तो सन्देश आफूले खटाएका नेतामार्फत नेपालसम्म पुर्‍याएका छन्।प्रधानमन्त्रीजीले मन्त्रीमण्डल पुनर्गठन,केही प्रदेशका मुख्यमन्त्री हेरफेर र आगामी महाधिवेशनको समीकरणलगायतका विषयमा माधव नेपाललाई सन्देश पठाउँदै मिलेर अघि बढ्नका लागि आग्रह गर्नुभएको छ।नेपाल पक्षका ती नेताले भने आफ्नो असन्तुष्टि शक्ति र पदका लागि भन्दा पनि विधि र पद्धतिका लागि हो भनेर माधव कमरेडले जवाफ दिनु भएको छ।साथै थप कुरा भइरहेको र अरू शीर्ष नेताहरूसँग पनि छलफल भइरहेको जनाएका छन्।प्रधानमन्त्री ओलीले गत साता राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएका थिए।
अध्ययादेश विवादमा परेपछि केही दिनमै फिर्ता लिएका ओली त्यसपछि नैतिक सङ्कटमा छन्।पार्टीका अर्का अध्यक्ष प्रचण्ड र उपाध्यक्ष वामदेव गौतम प्रधानमन्त्री ओलीलाई राजीनामा दिलाउनुपर्ने पक्षमा समेत देखिएका छन्।सोमबार नै खुमलटारमा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालबीच लामो छलफल भएको नेपाल पक्षका ती नेताले बताएका छन्।माधव कुमार नेपालले भने आफू पार्टी विवाद मिलाउन सक्रिय भएको दावी गर्दै आएका छन्।
प्रकाशित मिति:सोमबार-वैशाख १५-२०७७

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments