काठमाण्डौं-विश्वव्यापी रुपमा कोरोना भाइरसले आतंकित बनाइरहेको छ।तर यस्तो महामारीको बीचमा ल्याइएका २ वटै विधेयक विवादित बनेपछि प्रधानमन्त्री केपी शर्मा ओली ती विधेयक फिर्ता लिने निर्णयमा पुगेका हुन।यसका लागि मन्त्रिपरिषद् बैठक आह्वान गरेका थिए।सोही बैठकले विधेयक खारेजीको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।बैठकमा प्रधानमन्त्री ओलीले पार्टी र जनताको मतको सम्मान गर्दै विधेयक फिर्ता लिनु परेको बताएका छन्।राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी दुवै विधेयक गत सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी थिइन्।तर सत्तारूढ नेकपा भित्रै तथा प्रतिपक्ष दलहरूले बेमौसमको बाजा भन्दै चौतर्फी रुपमा विरोध गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो निर्णय फिर्ता गर्न बाध्य भएका हुन।