धरान/अन्नपूर्ण पोष्ट दैनिकले सरकारले ल्याएको अध्यादेशको बिषयलाई लिएर “अशोक राई, राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तियाक राईलगायत नेता पार्टी विभाजन गरेरै भए पनि सरकारमा आउन चाहेपछि सरकारले दल विभाजन सम्बन्धी व्यवस्थालाई खुकुलो पारेर त्यस्तो अध्यादेश ल्याइदिएको हो।” भन्ने समाचार समाजवादीका नेताहरुको चरीत्र हत्या गर्न भ्रामक र तथ्यहिन समाचार भएको भन्दै खण्डन गरेको छ।
समाजवादी पार्टी केन्द्रिय सह अध्यक्ष राजेन्द्र श्रेष्ठका निजि सचीव सुरज महर्जनले बिज्ञप्ति जारी गर्दै समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उक्त समाचार गलत भएको भन्दै तत्काल संसोधन गरि हटाउन सो मिडियालाइ आग्रह पनि गर्दैछौं। साथै अन्नपुर्ण पोष्ट दैनिकबाट साभार गरिएका मिडियालाई पनि संशोधन गर्न आग्रह गर्दैछौं भनिएको छ।
मिति ९ बैशाख, २०७७
प्रेस विज्ञप्ति
अन्नपुर्ण पोष्ट दैनिकमा, ९ बैशाख, २०७७ मा प्रकाशित “राजनीतिक दल सम्बन्धी अध्यादेश २०७७” अध्यादेश जारी गरेको विषयमा “नेकपा सचिवालय बैठकमा नेताहरु विभाजित” भन्ने हेडलाईन सहितको समाचार भित्र लेखिएको “स्रोतका अनुसार समाजवादीका केही नेता सरकारमा सहभागी हुन आतुर छन्। अशोक राई, राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तियाक राईलगायत नेता पार्टी विभाजन गरेरै भए पनि सरकारमा आउन चाहेपछि सरकारले दल विभाजन सम्बन्धी व्यवस्थालाई खुकुलो पारेर त्यस्तो अध्यादेश ल्याइदिएको हो।” भन्ने समाचार प्रती समाजवादी पार्टीका सह अध्यक्ष मा. राजेन्द्र प्रसाद श्रेष्ठ ज्युको निजि सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ।
सह-अध्यक्ष ज्युले प्रधानमन्त्री ज्युले सत्र साल दोहर्याउने प्रतिगामी आधार खडा गर्न खोजेको गम्भीर कुरा दर्साउदै हिजो नै विग्यप्ती दिई सक्नु भएको छ र त्यो समाचार धेरै मिडियाबाट पनि प्रकासित भइ सकेका छ्न । राजनीतिक नेताहरुको चरीत्र हत्या गर्न भ्रामक र तथ्यहिन समाचार बनाइ सम्प्रेषण गर्ने यस्ता समाचार प्रसारण गर्ने मिडियाहरु बाट नेपाली मिडिया माथि नै समय समयमा प्रश्नचिन्ह खदा हुँदै आएको सर्बविधित नै रहेको छ।
अन्नपुर्ण पोष्ट दैनिकमा लेखिएको सो समाचार गलत रहेको हुदा त्यस्को खन्दन गर्दैछौं र तत्काल संसोधन गरि हटाउन सो मिडियालाइ आग्रह पनि गर्दैछौं। साथै अन्नपुर्ण पोष्ट दैनिकबाट साभार गरिएका मिडियालाई पनि संशोधन गर्न आग्रह गर्दैछौं।
सुरज महर्जन
निजि सचीव
समाजवादी पार्टीका सह अध्यक्ष
मा. राजेन्द्र प्रसाद श्रेष्ठ ज्युको निजि सचिवालय
९८६०८३०४६६