काठमाडौँ । नेपाली अभिनेत्री मनिषा कोइरालाले नेपाल र भारतबिच भएको सीमा विवादबारे बोल्दा उनिमाथि भारतीय मिडियाहरु खनिएका छन् ।अभिनेत्री कोइरालाले परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले नेपालको नयाँ नक्सा पारित भएको विषयमा गरेको ट्विटलाई रि-ट्विट गर्दै लेखेकी छिन्, ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद! अब हामी तिन महान देशहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौं ।’
अभिनेत्री कोइरालाले यस्तो ट्विट गरेलगतै भारतीय मिडियामा ‘खाति भारतकी ओर गाति चीनकी’ भन्दै समाचार प्रकाशन भएको थियो। उनलाई चीनको इशारामा चलेको आरोप लगाएको छ । नेपालको समर्थनमा मनिषा कोइराला खुलेर उत्रिएपछि भारतीय नागरिक पनि विरोधमा उत्रिएका छन् ।
मनिषाले अहिलेसम्म जुन चर्चा कमाएकी छिन् त्यो भारतले दिएको भारतीय मिडियाको आरोप छ। भारतीय मिडियाले नायिका कोइरालाको मात्रै नभई प्रधानमन्त्री केपी शर्मा ओलीको पनि खण्डन गरेको छ। ओलीले नेपालमा भारतबाट आएको भाइरस कडा भएको विषयमा गरेको टिप्पणीमाथि पनि आपत्ति जनाएका हुन्।