नेपाली युवा दिवेश पोखरेल (आर्थर गन) अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपविजेता बनेका छन् । सोमबार बिहान भएको १८ औं संस्करणको फाइनल प्रस्तुतिपछि भएको भोटिङमा दिवेश दोस्रो भएका हुन् ।
उनी काठमाडौंका हुन् । दिवेश अमेरिकन आइडलको फाइनलमा पुग्ने पहिलो नेपाली बनेका छन् । टप फाइभमा भएको फाइनल प्रतिस्पर्धापछि उत्कृष्ट दुई छानिएको थियो । उत्कृष्ट दुईमा दिवेश र सामन्था डियाज अर्थात् ‘जस्ट साम’ छनोट भएका थिए । दिवेशलाई हराउँदै अश्वेत मुलकी सामले आइडलको उपाधि जितेकी हुन् । साम स्कुल पढ्दादेखि नै न्युयोर्कका सब वेमा गीत गाउने गर्थिन् ।
दिवेश अध्ययनका क्रममा सन् २०१४ मा अमेरिका पुगेका थिए । गत फागुनमा यस प्रतियोगिताका लागि छनोट भएसँगै दिवेशको चर्चा चुलिएको थियो । आज भएको फाइनलमा सबै प्रतियोगीले आफ्नै घरबाट प्रस्तुति दिएका थिए ।
टप २१ छनोट भएपछि कोरोना भाइरसको महामारीका कारण प्रतियोगीहरुलाई घर पठाइएको थियो । अप्रिलदेखि घरबाटै भर्चुअल शो गर्ने गरी पुनः कार्यक्रम सुरु गरिएको थियो । नयाँ पत्रीकाबाट