26 C
Kathmandu
Saturday, June 10, 2023
E Sewa
Homeअन्तरराष्ट्रियअमेरिकाको जीपीएस प्रणालीलाई चुनौती दिने चीनको अन्तिम भूउपग्रह अन्तरीक्षमा

अमेरिकाको जीपीएस प्रणालीलाई चुनौती दिने चीनको अन्तिम भूउपग्रह अन्तरीक्षमा

बेइजिङ । अन्तरिक्षमा प्रमुख शक्ति बन्‍ने होडमा चीनले अमेरिकी ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) लाई चुनौती दिने बेइडु-३ प्रणालीका लागि आवश्यक अन्तिम भूउपग्रह पृथ्वीको बाहिरी कक्षमा स्थापित गरेको छ ।

मंगलबार गरिएको अन्तिम प्रक्षेपणपछि अब चीनले अमेरिकी सरकार नियन्त्रित ग्लोबल पोजिसनिङ सिस्टम जीपीएसमा भर पर्नु पर्ने छैन । चीनको एक खर्ब अमेरिकी डलरको बेइडु-३ प्रणाली ३५ भूउपग्रहको सञ्‍जाल हो र यसले पृथ्वीका सबै कुना समेट्छ ।

चीन र अमेरिकाबीच कोरोना भाइरस, व्यापार र हङकङलाई लिएर तनाव भइरहेका बेला चीनले अन्तिम भूउपग्रह प्रक्षेपण गरेको हो ।

यो प्रक्षेपण गत साता नै गरिने योजना भए पनि रकेटमा प्राविधिक समस्या देखिएपछि सरेको थियो ।

बेइडु नेभिगेसन सिस्टम (बीडीएस) को तेस्रो संस्करण अमेरिकाको जीपीएस, रुसको ग्लोनास र युरोपको ग्यालिलियो प्रणालीको विकल्प हुने बताइएको छ ।

यो परियोजना सन् २०१२ मा सुरु गरिएको थियो ।

विगत २० वर्षयता चीनले अन्तरीक्ष कार्यक्रम तीव्र गतिमा विकास गरेको छ ।

सन् २००३ मा चीन मानव बोकेको अन्तरिक्ष यान प्रक्षेपण गर्ने तेस्रो राष्ट्र बनेको थियो । त्यसपछि चीनले एउटा परीक्षणकालमा रहेको अन्तरीक्ष स्टेसन निर्माण गरेको छ र चन्द्रमामा दुई बहान पठाएको छ ।

चीनको भविष्यमा स्थायी अन्तरीक्ष स्टेसन राख्‍ने, मानवलाई चन्द्रमामा उतार्ने र मंगल ग्रहमा यान एवम् बहान पठाउने तयारीका रूपमा बेइडुलाई हेरिएको छ । – बीबीसी

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments