22.1 C
Kathmandu
Wednesday, September 27, 2023
Homeराष्ट्रियअवैध रुपमा मारिएको बँदेल सुरक्षाकर्मीहरु समेतले खाए, मृग मारेका २ जना पनि...

अवैध रुपमा मारिएको बँदेल सुरक्षाकर्मीहरु समेतले खाए, मृग मारेका २ जना पनि पक्राउ

राजविराज । लकडाउनका बेला वन क्षेत्रमा जंगली जनावरको सिकार र काठको तस्करी बढेको छ । डिभिजन वन कार्यालय सप्तरीले सक्रियता बढाएपछि शिकारी र तस्करहरु पक्राउ पर्न थालेका छन् । तर कतै सुरक्षाकर्मी समेतको सहयोगमा जंगली जनावर मार्ने काम पनि भइरहेको छ । 


डिभिजन वन कार्यालय सप्तरीका प्रमुख सन्तोषकुमार झाका अनुसार बुधबार राति सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिका–५ स्थित महुली खोलाको रतुवा मृग मारेका २ जनालाई मृगसहित पक्राउ गरिएको छ ।

गस्तीमा रहेका सशस्त्र वन रक्षकले गोलीको आवाज सुनेपछि त्यस क्षेत्रमा जाँदा मृत मृग लिएर जाँदै गरेको अवस्थामा २ जनालाई नियन्त्रणमा लिएको झाले जानकारी दिए । मृगलाई ३ वटा गोली लागेको छ । मृगलाई गोली हान्‍ने समूहमा अझै केही हतियारधारी व्यक्तिहरु रहेको र उनीहरु भागेको झाले बताए ।

मृगसहित पक्राउ गरिएका दुईजना उदयपुरको भुल्के र जोगीदह क्षेत्रका बासिन्दा हुन् । भुल्के कोरोना संक्रमणको हट स्पट हो । पक्राउ गरिएका दुवै जनालाई डिभिजन वन कार्यालय अन्तरगतको महुली सव डिभिजनमा राखिएको छ ।

यसैबीच जिल्लामा अवैध रुपमा मारिएको बँदेल सुरक्षाकर्मीहरु समेतले खाएको खुलेको छ । लकडाउनकै क्रममा केही दिन अघि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको भारदह क्षेत्रमा एउटा जंगली बदेल स्थानीयले अवैध रुपमा मारेको र त्यसको मासु भारदहस्थित सशस्त्र प्रहरीको पोष्टमा रहेका सुरक्षाकर्मी सहित अन्यत्र पनि भाग लगाएर वितरण गरिएको थियो ।

भारदहस्थित सशस्त्र प्रहरी पोष्टका सशस्त्र प्रहरी निरीक्षक वैद्यनाथ झाले बँदेल कहाँ र कसरी मारिए भन्ने कुरा थाहा नभएपनि आफूलाई ७ किलो मासु आएको र २०/२२ जना सुरक्षाकर्मी मिलेर खाएको बताए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments