काठमाडौं । लकडानका कारण लामो समय देखि बन्द रहेको आन्तरिक उडन अब असार १७ गतेवाट सञ्चालन गर्न सरकारमा प्रस्ताव लगिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले असार १७ देखि आन्तरिक उडान गर्ने प्रस्ताव संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गरेको छ। बन्दाबन्दीका कारण लामो समय उडान भर्न नपाउँदा वायुसेवा अप्ठेरोमा पर्न लागेको छ ।
प्राधिकरण र हवाइ व्यवसायीसँग भएको छलफल पछि मन्त्रालयमा यस्तो प्रस्ताव लैजाने सहमति भएको हो । मन्त्रालयको तर्फवाट आइतवार नै सो प्रस्ताव मन्त्रीपरिषद् बैठकमा पेस गर्ने जनाईको छ । लकडाउन खोल्ने वा आन्तरिक उडान कहिले खुल्ने भन्ने अन्तिम निर्णय भने मन्त्रिपरिषदले मात्रै गर्छ। वायुसेवा कम्पनीबीचको छलफल पछि निजी कम्पनीहरुले टिकट बुकिगं खोल्ने तयारी समेत गरेका छन् । मन्त्रीपरिषद् बैठकले आज सो प्रस्ताव पास गरे भोलीवाटै आन्तरिक उडानको लागि सोमबारबाट बुकिङ सुरु गर्ने नीजि उडान कम्पनीहरुले जनाएका छन् ।