20.1 C
Kathmandu
Wednesday, November 29, 2023
Homeराजनीतिअहिलेको विश्वब्यापि महामारीमा जनता र राज्यप्रति बिश्वासघात गरी सत्ता शक्ति र पहुँचको...

अहिलेको विश्वब्यापि महामारीमा जनता र राज्यप्रति बिश्वासघात गरी सत्ता शक्ति र पहुँचको बलमा अनैतिक कामबाट धन कमाउनेहरु शीघ्र दण्डित हुनु पर्दछ – समाजवादी पार्टीका संघीय परिषदका सदस्य एवं युवा नेता प्रदिप घताल


यतिबेला बिश्वका सम्पुर्ण मानवजाति अाफ्नाे अस्तित्वकाे लडाईमा काेराेना बिरुध्दकाे संघर्षमा हाेमिएका छन् । धनी वा गरिब, पहिलाे वा तेस्राे याे माहामारिले बिना भेदभाव सबैलाई चुनाैतिकाे पहाड तेर्साई दिएकाे छ ।अाफुलाई धनि र मजवुत बलसालि ठान्ने बिकसित देशहरुमा काेराेना ले पारेकाे डरलाग्दाे असर र त्रासले हामिजस्ताे अल्पबिकसित र गरिब देश हरुले झनै धेरै समस्या संग लड्नु पर्ने देखिन्छ । हाम्रै छिमेकि देसहरुले पनि कम भन्दा कम मानविय क्षतिहाेस भनेर सजगताका विभिन्न उपायहरु अपनाई रहेकाछन भने सरकार प्रति नागरिककाे बिश्वास अार्जन गर्न पनि अाफ्नाे सम्पूर्ण क्षमता लगाएर काम गरिरहेका छन् । तर हाम्राे देश काे राजनिती जहिलै संक्रमणकालीन अवस्थाकाे जस्ताे के नपुग्या जस्ताे सरकार चलाउनेहरुकाे प्रबृति बाट सबैलाई महसुस हुन्छ । जनताले बिस्वास गरेर बनाएकाे बहुमतकाे स्थाई सरकार पनि जनता लाई अापतकालिन अवस्थामा हामी सक्षम छाै भनी अास्वस्थ गराउन सक्षम नभएकाे देख्दा अनि बिदेश बाट अाउने सहयाेग र राहत, वा उपकरण खरिद प्रकृया काे पनि व्यवस्थापन गर्न नसकि पारदर्शिता र जवाफदेहिता बाट पटक पटक चिप्लीदा जनताले गरेकाे भराेसा माथि नै धाेखा भएको छ। जनताले बुझेर सरकारलाई साथ दिएकै छन् तर जनताले अास गरेकाे कुरा सरकार बाट कहिलै पाउन सकेनन्। क्षेत्रफल र जनघनत्वका हिसावले पनि यति सानाे देशमा तिनै तहका सरकार क्रियासिल छन् तर काम कस्काे पक्षमा कस्का लागि भैराछ ? परिणाम खै भनेर हेर्दा चित बुझ्दाे छैन ।। अाम नागरिकहरु जसाेतसाे गुजारा गरि सरकारले घाेषणा गरेकाे लकडाउनलाई सहयाे गरिरहेका छन् भने दैनिक टेलिभिजन र मिडियामा अाउने खबरहरुबाट बेचैन भएका छन । मेडिकल उपकरण खरिदमा भ्रष्टाचार, सिमा मा नागरिककाे काेलाहल, ज्वराे र निमाेनियाकाे स्याहारकाे अभावमा पति र बाबा गुमाउन बिबस परिवार अनि राहतकाे अाषामा बस्न बिबस दैनिक मजदुरि गर्ने उत्पिडित जनताकाे छटपटाहट देख्दा सरकारकाे असक्षमता माथि प्रश्न स्वभाविक रुपमा जन्मन्छ ।
सरकारकाे बिराेध गर्ने कसैकाे रहर हुदैन याे त रक्षक हरु नै भक्षक भएपछि जनताकाे बाध्यता हाे । राणा र निरङ्कुस राजखानदानहरुकाे गलत प्रबृत्ति काे बिराेध गर्ने रहर न अहिलेका प्रधानमन्त्री ज्यूकाे थियाे न पुस्पलाल, मदन र गङ्गालाल हरुकाे थियाे तर बिराेध गर्न शासकहरुले बाध्य पारे । अाज सरकार बिरुद्ध बाेल्ने बेला हाेईन सहयाेग गर्नुपर्छ भनेर साेचिरहदा यहि सरकारका रक्षकहरुका व्यवहार बाेलि र कार्यशैलि हेर्दा बिराेध नगरिरहन कुन नेपालिले सक्ला र ? कठै यिनकाे चेत कहिले खुल्ने हाेला ? देश र जनताकाे एक मात्रै हित र कल्याणमा अहाेरात्र साेच्ने र खट्ने राजनेता हामिले कहिले पाउलाै ? साेचाै राजनिती अाफ्नाे लागि सकेजति धनसम्पति र शक्ति हत्याउने खेल हुदै हाेईन याे त अाफ्ना नागरिकका सर्बाेपरि हित र खुसिका लागि अाफुले जाेखिम लिएर पनि गरिने महान र उतम कार्य हाे । जुन कार्य नेल्सन मण्डेला, गान्धि, अम्बेडकर, बि. पि , मदन, गणेशमान हरुले गरे। पछिल्लाे समयमा निरङ्कुस भनिएका राजाले जनताकाे अावाज लाई सहज स्विकारे तर हाम्रा नेता फेरि तिनै राणा र राजाहरुकाे भन्दा निच काम गरेकाे देख्दा त लाग्छ जनताले साेच्ने बेला अायाे । मेनु हेरेर मम र चाउमिन मात्रै हाेईन अब जनताले अरु डिस खाेज्नैपर्छ । मम र चाउमिन दुबै हाम्र लागि हानिकारक हुन । जस्ताे फ्लेभर मा खायनि यस्ले हाम्राे हित नगर्ने पक्का देखियाे ।।

सरकारकाे बिराेध गर्ने कसैकाे रहर हुदैन न त सामर्थ्य नै हुन्छ याे त रक्षक हरु नै भक्षक भयसि जनताकाे बाध्यता हाे । राणा र निरङ्कुस राजखानदानहरुकाे गलत प्रबृत्ति काे बिराेध गर्ने रहर न अहिलेका प्रधानमन्त्री ज्यूकाे थियाे न पुस्पलाल, मदन र गङ्गालाल हरुकाे थियाे तर बिराेध गर्न रक्षक भनाउदाहरुले बाध्य पारे । अाज सरकार बिरुद्ध बाेल्ने बेला हाेईन सहयाेग गर्नुपर्छ भनेर साेचिरहदा यहि सरकारका रक्षकहरुका व्यवहार बाेलि र कार्यशैलि हेर्दा बिराेध नगरिरहन जनताले सक्ला र ??
कठै यिनकाे चेत कहिले खुल्ने हाेला ?? देश र जनताकाे एक मात्रै हित र कल्याण मा अहाेरात्र साेच्ने र खट्ने राजनेता हामिले कहिले पाउलाै ?? साेचाै राजनिती अाफ्नाे लागि सकेजति धनसम्पति र शक्ति हत्याउने खेल हुदै हाेईन याे त अाफ्ना नागरिकका सर्बाेपरि हित र खुसिका लागि अाफुले जाेखिम लियर पनि गरिने महान र उतम कार्य हाे । जुन कार्य नेल्सन मण्डेला, गान्धि, अम्बेडकर, बि. पि , मदन, गणेशमान हरुले गरे ।। पछिल्लाे समयमा निरङ्कुस भनियका राजाले जनताकाे अावाज लाई सहज स्विकारे तर हाम्रा नेता फेरि तिनै राणा र राजाहरुकाे भन्दा निच काम गरेकाे देख्दा त लाग्छ जनताले साेच्ने बेला अायाे ।। मेनु हेरेर मम र चाउमिन मात्रै हाेईन अब जनताले अरु डिस खाेज्नैपर्छ ।।मम र चाउमिन दुबै हाम्र लागि हानिकारक हुन ।। जस्ताे फ्लेभर मा खायनि यस्ले हाम्राे हित नगर्ने पक्का देखियाे ।
अहिलेको विश्वब्यापि महामारीमा जनता र राज्यप्रति बिश्वासघात गरी सत्ता शक्ति र पहुँचको बलमा अनैतिक कामबाट धन कमाउनेहरु शीघ्र दण्डित हुनु पर्दछ ।समाजवादी पार्टीका संघीय परिषदका सदस्य एवं युवा नेता प्रदिप घताल

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments