मोरङ जिल्ला केराबारी गाउँपालिका वडा नम्बर दुई सिंहदेबिको फाङ्दुवा भन्ने ठाउमा एउटा गरिब परिवार छ । घरमा दृस्टीबिहिन साना साना दुई जना छोरीहरु छन । हेर्दा कुपोषण लागेजस्तो देखिने उनिहरुको कहानी कहालीलाग्दो रहेको छ । आमा र दुई छोरीहरुको यति बिजोक छ कि सुन्दा सबैको आँखा रसाउने खालको छ । आमा पनि दुबै आँखा देख्दिनन ।साना नानिहरुकि आमा हिडडुल गर्न नसक्ने अवस्थामा पुगेकी छिन भने बुबाले दुई बर्ष अगाडि नै यो सन्सार छाडेर गएका थिए । साना बालिकाहरुका बुबाले उनिहरुलाई एक्लै पारेर सन्सारै छाडेर गएपछी झनै बिजोक बनेको परिवारमा कसैको साथ छैन । आमाको हिड्न सक्ने अवस्था नै छैन छोरिहरु साना त्यसमाथी आँखा देख्दैनन ।
सारै दुर्गम ठाउँ यातायात स्वास्थ शिक्षा सबै कुराको अभाव छ ।नानीहरुको ठाउमा आफुलाइ यस्तो अवस्थामा राखेर सम्झनुहोस त कस्तो होला । सम्झनै नसकिने कहालीलाग्दो अवस्थामा गुज्रिएको परिवारको बिजोक छ । लेटाङ निवासी समाजसेवि शान्ति पाख्रीनले पहिलोपटक सामाजिक संजाल फेसबुकमा नानिहरुको निकै कारुणिक फोटो हालेपछी रातारात भाइरल नै बनेपछी दमकमा एक रुपैयाँमा सुत्न कोठाको ब्यबस्था पाँच रुपैयाँमा सादा खाना दसमा मासुभात खुवाएर मृगौला पिडित शुक्रराज लिम्बुको सहयोग गरिरहेका समाजसेवी कुमार राई योबन गुरुङ र सुपर अनलाइन टिभिका संचारकर्मी तथा कलाकार समीर सुबेदीको टोलि केही सहयोग लिएर ती साना नानिहरुकोमा गएका छन ।तपाई पनि नानीहरुलाई केही सहयोग गर्न चाहनुहुन्छ भने 9814930736, ९८१४९३०७३६ मा सम्पर्क गरेर गर्नुहोला । भिडियो :