नेपाली चलचित्र छेत्रमा”आँप जोडी”अर्थात आँचल शर्मा र पल शाहको जोडीलाई दर्शकले अत्याधिक रुचाएका छन् । आँप जोडी कि आंचल शर्मा अब विवाह बन्धनमा बाधिदै छिन् जसले गर्दा आँप जोडीका फ्यानहरु केही हद सम्म निराश देखिन्छन । आँप जोडीलाई विवाह बन्धन मै बाँधिएको हेर्ने रहर हुँदाहुँदै दर्शकको उक्त चाहना पूरा हुन सकेन । आंचल शर्मा डाक्टर उदिप श्रेष्ठ संग यहि वर्षको अन्त्य तिर विवाह बन्धनमा बाँधिदै छिन् जसले गर्दा दर्शकहरुमा केही निराशपन देखिएको छ ।
पल र आंचलको चलचित्र जोनी जेण्टल्मेनको कमेन्टमा यहि निराशता धेरै फ्यानहरुले पोखेका छन् । तर पल शाहले भने आंचलको विवाह हुन लागेको थाहा पाउदा खुशी व्यक्त गर्दै भने, “दर्शकहरुले आँप जोडीलाई मन पराईदिनु भयो यो खुशीको कुरा हो । कत्तिलाई त हामी साच्चैको पनि जोडी हो भनेर सोच्नु भएको छ जुन गलत थियो । हामी मिल्ने साथि मात्र हौँ र हाम्रो जोडी फिल्म र भिडियोमा मात्र सिमित भएको हो । आंचलले विवाह गर्दै हुनुहुन्छ जुन खुशीको कुरा हो । आंचललाई विवाह बन्धनमा बाधिन लागेकोमा शुभकामना दिन चाहन्छु ।बाकी हेर्नुहोस भिडियोमा :