28.8 C
Kathmandu
Friday, June 2, 2023
E Sewa
Homeराष्ट्रियआजबाट उपत्यकाभित्र लकडाउनलाई थप कडा बनाउदै

आजबाट उपत्यकाभित्र लकडाउनलाई थप कडा बनाउदै

काठमाडौँ । गृह मन्त्रालयले उपत्यकाभित्र लकडाउनलाई थप कडा बनाउने निर्णय गरेको छ।

बिहिबार मन्त्रालयमा उपत्यकाका तीनओटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, मेयर, उपत्यकाका डीआईजी, महानगरीय ट्राफिक महाशाखाका एसएसपी सहित बसेको बैठकले उपत्यकाभित्र लकडाउनलाई थप कडा बनाउने निर्णय गरेको हो।

बैठकमा सरकारले यसअघि विभिन्न ४२ क्षेत्र खोल्ने निर्णयबारे समेत समीक्षा भएको थियो। उपत्यकामा बाहिरी जिल्लाबाट आएकाहरुमा कोरोना संक्रमण देखिएको विषयमा समेत गम्भीर छलफल भएको बताइएको छ।


बितेको २ दिनमा पाँच जनामा कोरोना संक्रमण देखिएको विषयलाई मध्यनजर गर्दै उपत्यकामा लकडाउन कडा बनाउने निर्णय गरिएको गृह मन्त्रालय श्रोतले जनाएको छ।

गृह मन्त्रालयले यस अगाडी नै निर्बाध रुपमा एक जिल्लाबाट अर्काे जिल्लामा जान पाउने व्यवस्थालाई रोक्दै आवतजावतमा कडाइ गर्ने निर्णय गरिसकेको छ। गृहले यसअघि नै एक जिल्लाबाट अर्को जिल्ला जाने पास रद्द गरिसकेको छ ।


कुनै जिल्लामा जानै पर्ने अवस्था आएमा जुन जिल्लामा जानुपर्ने हो त्यही जिल्ला प्रशासन कार्यालयको स्वीकृति अनिवार्य गरिने भएको छ । काठमाडौँ उपत्यका आउनुपरेमा गृह मन्त्रालयको स्वीकृति आवश्यक पर्नेछ । यस्तै सरकारले सञ्चालनको अनुमति दिएका सवारीको हकमा अहिले परिचयपत्र देखाएर जाने गरिएकामा अब भने नियामक निकायबाट जारी हुने पास अनिवार्य गरिएको छ । पासको दुरुपयोग भएको र पास नभएकाहरु समेत जथाभावी निस्कने गरेकाले उक्त व्यवस्था लागू गर्न गरिएको हो ।

मन्त्रालयले मंगलबार मात्रै आजबाट लागू हुने गरी निम्न निती सार्वजनिक गरेको थियो

१) एक जिल्लाबाट अर्को जिल्लामा जाने गरी जारी भएका ईपाससहित सबै सवारी पास रद्द

२) अत्यावश्यक अवस्थामा एक जिल्लाबाट अर्को जिल्लामा जाने पास जारी गर्नुपरेमा जारी गर्ने जिल्लाले पुग्ने जिल्लाको प्रमुख जिल्ला अधिकारीको अनिवार्य स्वीकृतिमा मात्रै जारी गर्नुपर्ने।

) अत्यावश्यक अवस्थामा काठमाडौं उपत्यका बाहिरका जिल्लाबाट काठमाडौं उपत्यकाभित्र प्रवेशका लागि सवारी पास जारी गर्नुपरेमा गृहमन्त्रालयको स्वीकृति लिनुपर्ने।

) त्यसरी पास जारी गर्दा पासमा गृहमन्त्रालयको स्वीकृति नम्बर समेत समावेश गर्नुपर्ने।

५) पास स्वीकृतिका लागि अनुरोध गर्दा पास जारी गर्नुपर्ने प्रयोजन र पुस्ट्याइँ समेत खुलाउनुपर्ने।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments