काठमाण्डौँ-स्वास्थ्य मन्त्रालयले बिहीबार थप २५०जना नयाँ कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ४६१४ पुगेको छ।यीमध्ये २३० जना पुरुष र २० जना महिला रहेका छन्।
# नयाँ संक्रमित कुन-कुन जिल्लामा कति छन् त ?
स्वास्थ्य मन्त्रालयका अनुसार,सुनसरीका ३,रौतहटका ४२,बाराका ७, धादिङका ७,सर्लाहीका ४,सप्तरीका ९,रौतहटका १५,महोत्तरीका ४,झापाका ३,दाङका ८,रोल्पाका १४,बाँकेका १३,दैलेखका ४८,सुर्खेतका ७, कपिलवस्तुका १,प्युठानका ४,रुपन्देहीका २९,कैलालीका ७,बाजुराका १८,बझाङका २,नवलपरासीका ६ र कपिलवस्तुका १ जना संक्रमित थपिएका हुन्।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ६१४ पुगेको छ।यीतमध्ये ४ हजार २ सय ८५ पुरुष र ३२९ महिला रहेका छन्।यस्तै कोरोना भाइरसको संक्रमण निको भएर आज थप १८७ जना संक्रमित डिस्चार्ज भएका छन्।यीमध्ये ८ जना महिला र १७९ महिला रहेका छन्।