काठमाडौँ ।
साताको दोस्रो दिन आज सोमबार सुनको भाउ तोलामा १ सयले बढेको छ । नेपाल सुनचाँदी ब्यबसायी महासंघले लकडाउन सुरु भएयता पहिलो पटक औपचारिक रुपमा आइतबार सुनको भाउ सार्वजनिक गर्दा छापावाला सुन तोलाको ८७ हजार ४ सय रहेकोमा आज १ सयले बढेर ८७ हजार ५ सय पुगेको छ ।
आज तेजावी सुनको मूल्य पनि प्रतितोला ८७ हजार ६५ मा किनबेच भईरहेको छ । चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले बढेर ९३० रुपैयाँ पुगेको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रति १० ग्राम ७५ हजार २० रुपैयाँ, तेजावी सुन प्रति १० ग्राम ७४ हजार ६ सय ४५ र चाँदी प्रति १० ग्राम ७९७.५० रुपैयाँमा कारोबार भईरहेको छ ।