22.1 C
Kathmandu
Wednesday, September 27, 2023
Homeअन्तरराष्ट्रियआज १ हजार २३१ नेपालीलाई स्वदेश फर्काइँदै

आज १ हजार २३१ नेपालीलाई स्वदेश फर्काइँदै

काठमाडौं । विभिन्न देशबाट विमान चाटर्ड गरी आज १ हजार २३१ जना नेपालीलाई स्वदेश फर्काइँदैछ ।

सरकारले लकडाउनको समयमा विभिन्न देशमा रहेका नेपालीहरुलाई दुतावास मार्फत सम्पर्क गरी स्वदेश फर्काउने काम गरिरहेको छ । सोही क्रममा आज ६ वटा देशहरुमा १ हजार २३१ जना नेपाली स्वदेश फर्किन लागेका हुन् ।

नेपाली सेनाका प्रवक्ता विज्ञान देव पाण्डेका अनुसार युएइ बाट ३४७ जना, कतारबाट ३०८ जना, कुवेतबाट १५८ जना, बेलायतबाट १५८ जना, जापानबाट २६० जना नेपाल आउदै छन् ।

प्रवक्ता पाण्डेका अनुसार युएइबाट आउने ३४७ नेपाली मध्ये १५८ जना नेपाली हिमालयन एयरलाइन्स मार्फन नेपाल आउँदै छन् भने १८९ नेपाली फ्लाइ दुवइको विमानबाट नेपाल आउने छन् ।

यस्तै कतारबाट आउने ३०८ जना नेपाली मध्ये १५८ जना नेपाली हिमालयन एयरलाइन्स मार्फत नेपाल आउँदै छन् भने १५० जना नेपाली कतार एयरलाइन्स मार्फत नेपाल आउँदै छन् ।

यस्तै कुवेत र जापानमा रहेका नेपालीलाई नेपाल एयरलाइन्सले ल्याउने छ भने बेलायतबाट फर्किने नेपालीहरुलाई जजीरा एयरलाइन्सले नेपाल ल्याउने छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments