धनकुटा / समाजवादी पार्टी निकट लिम्बुवान राष्ट्रिय समिति अन्तर्गत आठपहरिया स्वायत्त क्षेत्र समितिले कोरोना विरुद्ध खटिरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मिको लागि आवस्यक बिमाको ब्याबस्था गर्न सरकारसंग माग गरेको छ।
आठपहरिया स्वायत्त क्षेत्र समितिका अध्यक्ष जितेन्द्र आठपहरिया र सचीव सोनिका आठपहरियाद्वारा प्रेस बिज्ञप्ति जारी गर्दै सरकारसमक्ष यस्तो माग गरेको हो।समितिले अर्का तर्फ दिनानुदिन बिपन्न गरिब बर्गहरुमा दैनिक छाक टार्न कठिन भैरहेको भन्दै यस्तो अवस्थामा राहत उपलब्ध गराउन माग गरिएको छ।
चिनबाट शुरु भएको यो महामारी रोग संसारको प्राय सबै देशहरुमा फैलिइ सकेकोछ | संक्रमित हुने र निधन हुनेको संख्या दिनानुदिन बढ्द्दो छ | यो महामारीलाइ नेपालमा पनि फैलिन नदिनको लागि अहिले नेपालमा भएको सम्पुर्ण सिमा नाकाहरु बन्द गरिएको छ भने देश नै लकडाउन गरिएको छ भन्दै सरकारको यो कार्यलाई समाजवादी पार्टी लिम्बूवान राष्ट्रिय समिति अन्तरगत आठपहरिया स्वायत्त क्षेत्र समिति स्वागत गर्दछ, भनिएको छ।
आजसम्म विश्वमा कोरोना भाइरस- Covid-19 बाट संक्रमित संख्या १० लाख १८ हजार ५३६ मध्ये ५३ हजारको मृत्य नै भै सकेको छ भने २ लाख १३ हजार ४९९ उपचारबाट निको भएको तथ्यांक समेत प्रस्तुत गर्दै यो घटनाले मानव जिवनमा निकै ठूलो असर परिरहेको जनाएको छ | विश्व स्वस्थ संगठनले दोस्रो विश्व य’द्ध पछिको मानबिय जाति ठूलो संकटको रुपमा यस कोरोना भाईरसलाई लिएको उल्लेख छ । यो संकटको घडीमा हामीले हाम्रो परिवार, समाज, देश र विश्वलाइ नै सहयोग र साथ दिने विषयमा नेपाल सरकारद्वारा तय गरेको विभिन्न कार्यक्रममा लिम्बवान राष्ट्रिय समिती अन्तर्गत आठपहरिया स्वायत्त क्षेत्र समिति सरकारसंग सहकार्य गर्दै अगाडी बढन तत्पर रहेको जानकारी गराउदछौ भनिएको छ।
विश्वमा देखा परेको कोरोना भाइरस कोभिड-१९ अहिलेसम्म कै सबैभन्दा भयाबह र मानबिय संकट हो । तर यो भाइरस बिरुद्ध लड्ने अद्यम साहस हामी भित्रै छ, यो विश्वब्याबी लडाइलाई हामी सजिलै जित्दैछौ भन्दै जसका लागि विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले तयार गरेको सुरक्षाका मापदण्डहरुलाइ इमानदारीपुर्वक पालना गर्नु हो भनिएको छ । सबैले आवश्यकता अनुसार आइसोलेसन, क्वारेन्टाइन, सेल्फक्वारेन्टाइनमा बस्न आग्रह गर्दै नियमत साबुनले हात धुनु पर्छ, सेनिटाइजर, माक्सको प्रयोग पनि गर्न सुझाव दिएको छ ।