24.9 C
Kathmandu
Monday, September 25, 2023
Homeविविधआत्मसमर्पण गरिसकेपछि प्रहरीले नियन्त्रणमा लिई गोली हानेको अभियुक्त विष्णु लामाको श्रीमतीको आरोप...

आत्मसमर्पण गरिसकेपछि प्रहरीले नियन्त्रणमा लिई गोली हानेको अभियुक्त विष्णु लामाको श्रीमतीको आरोप (भिडियो)

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी विष्णु लामाकी पत्नी मनमाया लामाले पतिलाई सादा पोशाकमा आएका प्रहरीले नियन्त्रणमा लिएपछि गोली हानेको आरोप लगाएकी हुन् । अभियुक्त विष्णु लामाकी श्रीमतीले प्रहरीले आफ्ना श्रीमानलाई आत्मसमर्पण गरिसकेपछि नियन्त्रणमा लिई गोली हानेको आरोप लगाएकी छिन् ।

आइतबार जोरपाटीस्थित मेडिकल कलेज बाहिर खाजा खाइरहेको ठाउँमा प्रहरी आई समातेको र जबमुडाँडामा लगेर गो’ली हानेपछि घाइते अवस्थामा समेत भेट्न नदिइएको भन्दै उनले आपत्ती जनाइन् ।उनले प्रश्न गरिन्, यसरी गोली हान्न पाइन्छ ? यस्तै हो भने प्रहरीले मान्छे मार्दै हिंड्छ । सुरक्षाका लागि खटिएको प्रहरीले नै आत्मसमर्पण गरेको मान्छेलाई गोली हान्छ भने सुरक्षा दिन्छ भन्ने विश्वास गर्न नसकिने बताइन् । उनले सरकारसँग न्यायको माग गर्दै गो’ली हा’न्ने माथि क’डा का’रबा’ही गरिनुपर्ने बताइन् ।

मनमायाले आफ्ना पतिलाई कानुन अनुसार का’रबा’ही हुनुपर्ने पक्षमा आफूपनि रहेको तर गो’ली हा’न्नेवि’रुद्ध कानुनी उपचारमा जाने बताइन् । उनले भनिन्, यस्तै हो भने प्रहरीले जोकोहीलाई मा’दै हिंड्नेछ । विष्णु लामालाई गो’ली हा’न्न आ’देश दिनेमाथि समेत का’रबा’ही हुनुपर्ने उनको माग थियो ।श्रीमानलाई खुट्टामा गो’ली हा’नेर अ’पाङ्ग बनाइएपछि अब बालबच्चाको जिम्मेवारी कस्ले लिने भन्ने प्रश्न गरिन् । दुई बच्चासहित पत्रकार सम्मेलनमा उपस्थित मनमायाले घ’टनाको छा’नविन हुनुपर्ने माग गरिन् । भिडियो:

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments