धरान / नेपाल आदिवासी जनजाति नगर महासंघ धरानले कोरोना राहत फुफ बैंकमा ७६० किलो चामल प्रदान गरेको छ।
महासंघद्वारा कोरोना राहत फुड बैंकको लागि मंगलबार धरान उपमहानगरका मेयर तिलक राई र उपमेयर मन्जु भण्डारीलाई हस्तान्तरण गरेको हो। महासंघका धरान नगर अध्यक्ष सुबास हुक्पा चोङ्नाङको नेतृत्वमा गएको टोलिले फुड बैंकमा उक्त चामल हस्तान्तरण गरेको हो।अध्यक्ष सुबासले यो पहिलो चरण भएको भन्दै लकडाउन थप भै आवस्यक भएको अवस्थामा थप सहयोग गर्ने प्रतिवद्द्ता जनाए। धरानमा हाल नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचीकरण रहेका जाती मध्ये १३ वटा जातिहरु छन। प्रत्येक जातिबाट पचास किलो चामलको दरले आदिवासी जनजाति नगर महिला महासंघ र नगर महासंघ गरि जम्मा १५ बोरा चामल उपलब्ध गराएको हो।
कोरोना भाइरसबाट बच्न सरकारले लकडाइन गरेपछि दैनिक ज्यालादारी मज्दुरिमा खाद्यान्न अभाव भएको भन्दै उपमहानगरले गुड बैक र राहत कोष स्थापना गरेको हो।