इटहरी । इटहरीमा बाबुबाटै छोरी बलात्कृत भएकी छिन् । झड्केली छोरी बलात्कार आरोपमा इटहरीका पुर्ब शिक्षक पक्राउ परेका हुन। ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक मानबहादुर श्रेष्ठका अनुसार इटहरी ७ का अवकाश प्राप्त एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।
आफ्नै बाबुबाट पटक–पटक बलात्कारको शिकार भएको भन्दै १६ बर्षीया ती छोरीले गुहार गरेकी थिईन् । प्रहरीले थाहा पाएपछि उनलाई पक्राउ गरेको थियो । घटनाबारे थप अनुसन्धान भईरहेको श्रेष्ठले बताए ।