20.1 C
Kathmandu
Wednesday, November 29, 2023
Homeराजनीतिआम-नेपाली जनताहरुलाई भने कोरोनाबाट कसरी बच्ने भन्ने चिन्ता /तर राज्य-संयन्त्रमा बस्नेलाई भने...

आम-नेपाली जनताहरुलाई भने कोरोनाबाट कसरी बच्ने भन्ने चिन्ता /तर राज्य-संयन्त्रमा बस्नेलाई भने कार्पेट व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता छ:कांग्रेस सांसद डा.मिनेन्द्र रिजाल


काठमाण्डौं-नेपाली कांग्रेसका सांसद डा.मिनेन्द्र रिजालले सरकार एक्लैले अहिलेको संकट पार नलगाउने भन्दै मिलेर काम गर्ने प्रस्ताव गर्नु भएको छ।शनिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद रिजालले सरकारसँग देश बनाउने राष्ट्रिय अठोट नभएको भन्दै मिलेर काम गर्न प्रस्ताव गर्नु भएको हो।सांसद रिजालले सरकार संकटका बेला कार्पेटको व्यवस्थापनमा लागेको आरोप समेत लगाउनु भयो।आम-नेपाली जनताहरु भने कसरी कोरोनाबाट उम्कने भन्नेमा छन्।तर सरकारमा बसेकाहरू कसरी कार्पेट व्यवस्था गर्ने भनेर मस्त भएको भन्दै असन्तुष्टि जनाउनु भएको छ। सरकारमा बसेका र सत्ता निकटका मानिसहरु सत्ताको बाँसुरी कुन धुनमा राम्रोसँग बज्छ भनेर प्रयत्न गरिरहेको भन्दै आपति जनाउनु भयो। सांसद रिजालले सरकारको गतिविधि हास्यास्पद भएको भन्दै जनताको घाउमा नुन नछर्कन आग्रह गर्दै मिलेर अगाडि बढ्न प्रस्ताव समेत गर्नु भएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments