22.1 C
Kathmandu
Tuesday, May 30, 2023
E Sewa
Homeअन्तरराष्ट्रियआर्थिक संकटमा उत्तर कोरिया

आर्थिक संकटमा उत्तर कोरिया

काठमाडौं । उत्तर कोरिया आर्थिक संकटमा फसेको छ ।

कोरोना भाइरसको महामारीले विश्व अर्थतन्त्र नै अधोगतिमा गइरहेका बेला आर्थिक प्रतिबन्धको पनि सामना खेपिरहेको उत्तर कोरिया अझ बढी मारमा परेको हो ।

कोरोना भाइरसको समेत महामारी खेपिरहेको उत्तर कोरिया सन् १९९७ पछिकै सबैभन्दा ठूलो आर्थिक संकटबाट गुज्रिएको बेलायती पत्रिका फाइनान्सियल टाइम्सले जनाएको छ ।

अहिलेसम्मकै सबैभन्दा ठूलो आर्थिक मन्दीको सामना गर्नुपरेपछि उत्तर कोरियाका शासक किम जोङ उनले विदेशी मुद्रा हासिल गर्न धनी व्यक्तिहरुसँग पैसा मागिरहेको टाइम्सले दाबी गरेको छ ।

यसको लागि सरकारले रेयर बोन्ड पनि बिक्री गरिरहेको छ । रिपोर्टमा दावी गरिएअनुसार किमले रेयर बोन्ड स्किमको माध्यमले देशका धनी व्यक्तिहरुबाट कूल बजेटको ६० प्रतिशत रकम उठाउन चाहि रहेका छन् ।

चीनले अन्य देशहरुसँग अन्तर्राष्ट्रिय यात्रा बन्द गरेपछि उत्तर कोरियाको अर्थतन्त्रलाई ठूलो नोक्सानी पुगेको बताइन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments