25.5 C
Kathmandu
Monday, September 25, 2023
Homeराष्ट्रियआवतजावत रोक्न खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण

आवतजावत रोक्न खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण

कोरोना भाइरस संक्रमणको त्रासका बीच सीमामा हुने आवतजावत रोक्न खटिएका सशस्त्र प्रहरीमाथि गए राति पुनः आक्रमण भएको छ। झापाको कचनकवल गाउँपालिका १ घेराबारीमा रहेको सशस्त्र प्रहरीको सुरक्षा पोष्टमा भारतीय नागरिकले आक्रमण गरेका हुन् ।

शनिबार राति ५० जना भन्दा बढीको संख्यामा आएका भारतीय नागरिकले घेराबारीको झन्टुगाउँमा रहेको सशस्त्र प्रहरीको सुरक्षा पोष्टमा आक्रमण गरेका हुन् । कचनकवल १ का वडाध्यक्ष लक्ष्मी यादवले साँझ करिब ७ः३० को समयमा विहारको सुरिभिट्टातर्फबाट आक्रमण भएको बताए।

झापाको कचनकवल र झापा गाउँपालिकामा भारतीय नागरिकले खेती गर्दै आएका छन्। सीमा नाघेर नेपाल आउनुपर्ने भन्दै यस अघि पनि झापा गाउँपालिकाको सीमा क्षेत्रमा भारतीय नागरिकले सशस्त्र प्रहरीको पोस्टमा आक्रमण गरेका थिए। त्यसबेला पनि सशस्त्र प्रहरीले दुई राउण्ड हवाई फायर गरेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments