निमा पोङ्स्युवा
धरान / एनपी अनलाइनले धरान ८ अरुण टोलका दुई दलित दिदिभाईको समाचार बाहिर आएपछि होप धरानले सहयोग गरेको छ।
https://youtu.be/HLripEI–2U
केहिदिन अघि यस अनलाइनले गंगा बिक र टेकबहादुर बिकको शारीरिक अवस्था घरायसी समस्या बारे समाचार र भिडियो बाहिर आएपछि उनिहरुलाई खाद्यान्न जिन्सी लगायतको सहयोग गरेको छ। अमेरिकामा रहेको रिभा श्रेष्ठ र रबिन श्रेष्ठको सहयोगमा होप धरानले उपलब्ध गराएको कुरा अध्यक्ष निश्चल पलिखेले बताए। सो अवसरमा अरुण टोल बिकासका अध्यक्ष सीता राई वड नम्बर ८ का वडा सदस्य लिला गुरुङ लगायतको उपस्थिति रहेका थिए।
टोल बिकास संस्थाका अध्यक्ष सीता राईले यसअघि पनि गंगा दिदिभाइलाई ह्विल चियर लगायत सहयोग गरेको बताए। घरको छानाको लागि किशोर राईको समुहले सहयोग गर्ने वचन दिएको बताए। उनिहरुको अगाडिबाट १४ फुटे करिडोर रोड जाने भएकोले पनि गंगा दिदिभाईलाई सहज हुने बताए।वडा सदस्य लिला गुरुङले गंगा दिदिभाइको लागि आवस्यक कागजातहरु छोराछोरीको जन्मदर्ता लगायत बनाउन वडाले सहयोग गर्ने प्रतिबद्धता जनाए।