
धरान / कोरोनाबाट बच्न लकडाउन गरेपछि दैनिक ज्यालादारी मजदुरमा खाद्य अभाव भएको भन्दै धरान उपमहानगर वड नम्बर १५ मा सवारी मजदुरलाई राहत बितरण गरिएको छ।
शुक्रबार १५ नम्बर वडा समितिको कार्यालयमा इरिक्साका ५३ जनालाई राहत उपलब्ध गराएको छ।त्यसैगरी वडा नम्बर १५ मा रहेका ठुला सवारीका चालक सह चालक र परिचालक गरि ५१ जना घरपरिवारलाई राहत बितरण गरिएको छ। एक घर परिवार अनुसार १० किलो चाम,नुन,तेल सोयाबिन उपलब्ध गराएको हो। लकडाउनको एक महिना पछि अन्य सर्वसाधारणलाई बितरण गरेपछि सवारी मजदुरलाई बितरण गरिएको कुरा वडा अध्यक्ष नरेश इबारमले बताए।यसरी बितरण गर्दा यस अघि पाईसकेकालाई नदोहोरिने गरि बितरण गरिने बताए।
धरान उपमहानगरका मेयर तिलक राईले राहत प्रत्येक १५ दिनमा उपलब्ध गराउने बताए।हाल उपमहानगरले ५ लाखको खाद्यान्न खरिद गरेको बताए। यसरी खरिद गरिएका चामलमा अनुगमन समेत भएको र अनुगमन गर्नेहरुले चामल राम्रो रहेको प्रतिक्रिया दिएको मेयर राईले बताए।चामल खरिद गर्दा त्यही चामल ५१ रुपैयासम्म पर्ने तर धरान उपमहानगरले त्यही चामल ४७ रुपैयामा खरिद गरेको बताए।
