20.1 C
Kathmandu
Wednesday, November 29, 2023
Homeराष्ट्रियउपत्यका प्रवेश गर्न स्थानीय तहको अनुमति अनिवार्य

उपत्यका प्रवेश गर्न स्थानीय तहको अनुमति अनिवार्य


काठमाडौँ । काठमाडौं प्रवेश गर्न बसोबास गर्ने ठाउँको स्थानीय सरकारको अनुमति चाहिने
काठमाडौं जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक कामको कागजात नदेखाई काठमाडौं भित्रिन र बाहिरिन नदिने भएको छ।

कार्यालयले सवारी पाससम्बन्धी सूचना जारी गर्दै काठमाडौं उपत्यकाबाट बाहिर जानका लागि व्यक्तिगत अत्यावश्यक कामका लागि भए प्रयोजन खुल्ने कागजातसहित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने उल्लेख गरेको छ । त्यस्तै, सरकारी र संस्थागत कामका लागि भएमा सम्बन्धित संस्थाको सिफारिस पत्रसहित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्न भनिएको छ।

त्यस्तै, काठमाडौं प्रवेश गर्नका लागि पनि प्रमाण खुल्ने कागजात आवश्यक पर्छ । काठमाडौं उपत्यका प्रवेशका लागि काठमाडौंको जुन नगरपालिकामा बसोबास रहेको छ, सोही नगरपालिकाले प्रवेशका लागि दिएको अनुमतिसहित यात्रा शुरु गर्ने जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।

सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुबाट अनुमति माग गरिएको पत्र काठमाडौं जिल्ला प्रशासन कार्यालयमा प्राप्त भएपछि संक्रमण जोखिम विश्लेषण, यात्रा औचित्यलाई पुष्टि हुने कागजातसमेत हेरी सवारी पास जारी गर्न सहमति दिने सूचनामा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जोर बिजोर प्रणाली लागू भइसकेकाले काठमाडौं जिल्लाभित्रको सवारी पासको व्यवस्था बन्द गरिएको जनाएको छ । नेपाल सरकार मन्त्रीपरिषद्को २८ जेठको निर्णय तथा गृह मन्त्रालयको निर्णय बमोजिम यस्तो व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments