20.1 C
Kathmandu
Wednesday, November 29, 2023
Homeराष्ट्रियउपत्यका भित्रिनेले कम्तीमा १४ दिन होम क्वारेन्टाइन बस्नुपर्ने

उपत्यका भित्रिनेले कम्तीमा १४ दिन होम क्वारेन्टाइन बस्नुपर्ने

काठमाडौं । कोरोना भाइरस सङ्क्रमणको महामारीबाट काठमाडौं उपत्यकालाई सुरक्षित राख्न उपत्यका भित्रिने र बाहिरिनेमाथि थप कडाइ गरिएको छ ।


जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले घरधनीको मञ्जुरी तथा पालिकाको स्वीकृति नलिई भित्रिनेलाई नियन्त्रणमा लिई क्वारेन्टाइन पठाउने तयारी गरिएको छ ।

त्यसैगरी बाहिर जानेका लागि पनि सम्बन्धित जिल्लाको पालिकाबाट सिफारिस पत्र अनिवार्य गरिएको छ । आफूखुसी भित्रिनेलाई विभिन्न पार्टी प्यालेसमा बनाइएका क्वारेन्टाइनमा बस्ने व्यवस्था गरिएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले असुरक्षित आवागमनका कारण कोरोना सङ्क्रमण बढ्ने भएकाले व्यवस्थित र सुरक्षित बनाउन उपत्यकामा आउने र बाहिर जानेमाथि थप कडा गरिएको बताए ।

निजी स्रोतबाट सञ्चालित विद्यालयका सञ्चालकले इन्टरनेटको पहुँच नभएका अभिभावकलाई अनलाइन कक्षामा बालबालिकाको सहभागिता बढाउन दबाब दिन थालेपछि काठमाडौं भित्रिनेको सङ्ख्या बढ्न थालेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालका अनुसार विभिन्न नाकाबाट दैनिक एक हजार आठ सयभन्दा बढी सवारी साधन भित्रिने गरेका छन् ।

करिब एक हजार छ सय बाहिरिने गरेका छन् । उनले भने, पालिका तथा स्थानीय तहको सिफारिस नलिई आउनेलाई कारबाही हुन्छ ।

यसैबीच गृह मन्त्रालयले पनि बाहिरबाट काठमाडौं उपत्यका भित्रिनेका लागि कम्तीमा १४ दिन होम क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments