विश्वव्यापी महामारीको रुपमा फैलिएको(कोभिड१९)को रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक मेडिकल सामग्री खरिदको जिम्मेवारी दिने निर्णय गरेका छन् ।सोही निर्णय गरेको करिब ५ दिन दिनपछि रक्षामन्त्री पोखरेलले नेपाली सेनालाई अब कार्यान्वयनतर्फ अघि बढ्न निर्देशन दिएका छन्।शुक्रबार सैनिक मुख्यालयमा सरकारद्धारा गठित(कोभिड१९)क्राइसिस म्यानेजम्यान्ट कमिटीको बैठकमा सामेल हुँदै मन्त्री पोखरेलले उक्त निर्देशन दिएका हुन्।सोही निर्णय सत्ताधारी दलका शीर्ष नेताहरुले‘राष्ट्रघाती’भएको र त्यसबाट मुलुकमा गम्भीर राजनीतिक परिणाम आउने आशंका व्यक्त गरिरहेका बेला उप-प्रधान तथा रक्षामन्त्री पोखरेलले मेडिकल सामग्री खरीदमा काम अघि बढाउन निर्देशन दिनुले सरकार यो निर्णय तत्काल कार्यान्वयन गर्न लागि परेको संकेत देखिन्छ।यसबीचमा स्वास्थ्य तथा जनसंख्या,स्वास्थ्य सेवा विभाग लगायतका उच्च अधिकारीहरुले आफ्नो कानुनसम्मत जिम्मेवारी खोसिएको भन्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आफ्नो असन्तुष्टि व्यक्त गरिसकेका छन्।
यही चैत्र १६ गते बसेको मन्त्रीपरिषद् बैठक सकिएपछि बैठकको‘माइन्युटमा प्रधानमन्त्री ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई(कोभिड१९) रोकथाम,नियन्त्रण र उपचार तथा अन्य सामग्रीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरी आवश्यकता अनुसार रक्षा मन्त्रालयले नेपाली सेनामार्फत (जीटुजी)को विधिबाट खरिद गर्ने निर्णय थप्न लगाएको होकी भन्ने धेरैको आशंका समेत रहेको छ।