30.5 C
Kathmandu
Friday, June 2, 2023
E Sewa
HomeUncategorizedउभौली पर्व युच्याङ घरघरमा मनाउन आग्रह

उभौली पर्व युच्याङ घरघरमा मनाउन आग्रह

धरान / नेपालका याक्खा आदिवासीले मनाउने उभौली युच्याङ पर्वलाई यस वर्ष घरघरमा मनाउन आग्रह गरिएको छ।

किरात याक्खा छुम्मा धरान उपमहानगर समितिका अध्यक्ष हेमराज जिमि याक्खाले पहिले यस समुदायले उधौली चासुवा र उभौली युच्याङ्लाई सामुहिक रुपमा मनाउदै आएको बताए।तर यसपटक भने
विश्वमा कोभिड १९ कोरोना भइरसको संक्रमणका कारण देशैभरी लकडाउन रहेकोले सबै समुदायलाई आ आफ्नो घरघरमा मौलिक रुपमा युच्याङ पर्व मनाउन आग्रह गरिएको छ।उनले देशमा नेपाल सरकारबाट जारी भएको लकडाउनको समय अवधि अझै बाकी रहेको भन्दै किरातहरुको उभौली पर्व यहि  २०७७ साल वैशाख २५ गते परेको बताए। किरात याक्खा छुम्मा धरान उपमहानगर समितिको आयोजनामा विगतका सालहरुमा (युच्याङा) उभौली पुजा गरिने भएकोले यो साल  कोरोना भइरस संक्रमणको कारण लकडाउनको पालन गर्दै धरान उपमहानगर तथा सुनसरी जिल्ला भरीका याक्खा दाजु भाइ दिदि बहिनीहरुलाई आफ्नो आफ्नो घरघरमा  (युच्याङा) पुजा उभौली पर्ब मनाउनका लागी अनुरोध गरिएको जानकारी दिए।

अन्य समुदायले पनि बैशाख २५ गतेको उभौली पर्वलाई यस अघि सामुहिक रुपमा मनाउदै आएकोमा कोरोनाको संक्रमणबाट बच्नको लागि आ आफ्नो घरमा नै मनाउने निर्णय भएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments