23.2 C
Kathmandu
Wednesday, June 7, 2023
E Sewa
Homeअन्तरराष्ट्रियएकअर्काको गतिविधि नियाल्नका लागि भारत र चीनको सेनाले ड्रोनहरू तैनाथ गरे

एकअर्काको गतिविधि नियाल्नका लागि भारत र चीनको सेनाले ड्रोनहरू तैनाथ गरे

भारत र चीनको सेनाले एकअर्काको गतिविधि नियाल्नका लागि ड्रोनहरू तैनाथ गरेका छन् ।

पूर्वी लद्दाखमा निगरानीका लागि दुवैतर्फबाट एड्भान्स्ड ड्रोन राखिएका छन् । जुन ठाउँमा सैनिकहरू बढी आमनेसामने छन्, त्यहाँ बढीभन्दा बढी ड्रोन उपयोग गर्न भारतीय सेनालाई निर्देशन दिइएको भारतीय पत्रपत्रिकाले लेखेका छन् ।

गलवान उपत्यकामा हिंस्रक झडप हुनुअघि भारतीय सैनिकहरूलाई ट्य्राकिङ गर्न चीनले थर्मल इमेजिङ ड्रोन उपयोग गरेको बताइएको छ ।

भारतीय सेनाले क्वाडकप्टर वास्तविक नियन्त्रण रेखामा तैनाथ गरेको छ । यसको क्षमता धेरै नभएपनि यसले क्लीयर कभरेज भने दिन्छ । एक निश्चित उचाइमा पुगेर यसले पूरै क्षेत्रलाई स्क्यान गर्छ ।

त्यसमा दिन र रातका लागि फरक फरक क्यामरा हुन्छन् । त्यसलाई स्थलसेनाका बटालियनहरूले उपयाृग गर्छन् । क्वाडकप्टरले शत्रुसेनाको जानकारी पहिले नै दिन्छ ।

इजरायलबाट भारतले पाएको हेरोन भन्ने मध्यम दूरीको ड्रोन लामो समयसम्म उपयोग गर्न मिल्छ । रणनीतिक रूपमा महत्त्वपूर्ण मिसनहरूमा यसको उपयोग गरिन्छ ।

हेरोनले ३५ हजार फीट उचाइबाट पनि नजर राख्न सक्छ । अनि ४५ घन्टाको ब्याट्री ब्याकअपका साथ यस ड्रोनले एक हजार किलोमिटरसम्मको रेन्जलाई कभर गर्न सक्छ ।

हेरोनमा रहेको सेन्सरले रियलटाइममा डेटा पठाइरहेका छन् । यसले इन्टेलिजेन्स, सर्भेलान्स र टार्गेट एक्विजिसन गर्न सक्छ । यसको कभरेज राम्रो भएकाले चिनियाँ सेना बसेको ठाउँ पत्ता लगाउनका लागि यसले

वास्तविक नियन्त्रण रेखा पार गर्नु पनि पर्दैन । यो डाइरेक्ट लाइन अफ साइट वा स्याटेलाइट कम्युनिकेसन्सबाट चल्छ ।

चीनको कुरा गर्दा एआर५००सी चीनको पहिलो मानवरहित हेलिकप्टर ड्रोन हो । यो पठार क्षेत्रमा उडाउनका लागि बनाइएको हो । पाँच् हजार मिटरसम्मको उचाइमा जाने यो ड्रोन पाँच घन्टासम्मको ब्याकअपमा चल्छ ।
यसको अधिकतम गति १७० किलोमिटर प्रतिघन्टा छ र यसले उचाइबाट पनि फायरिङ गर्न सक्छ ।

अक्साई चीनमा रहेको पठार क्षेत्रमा यो ड्रोन निकै प्रभावकारी हुन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments