काठमाडौँ । नेपालका लागि एकाबिहानै दु:खद खबर आएको छ । बिहानै एक ब्यक्तिको क्वारेन्टाइनमा नै मृत्यु भएको खबर आएको हो । डोटीको क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु भएको पुष्टि भएको छ । जिल्लाको केआई सिंह गाउँपालिका–३ को सिताराम आधारभूत विद्यालयमा रहेको क्वारेन्टिनमा १९ वर्षीय युवकको मुत्यु भएको हो । भारतको लुधियानाबाट १९ गते डोटी पुगेका उनी २० गतेदेखि गाउँपालिकाले व्यवस्थापन गरेको उक्त क्वारेन्टाइनमा बस्दै आएका थिए ।
आइतबार बिहान करिब ३ बजे उनको मृत्यु भएको स्थानीय शेरबहादुर ऐरले जानकारी दिए । उनी मुटुको रोगी भएको बुझिएको छ । उक्त क्वारेन्टाइनमा तीन महिलासहित १० जना छन् । मृतकको स्वाब संकलनका लागि टोली पठाइसकेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए ।
उनले भने उक्त क्वारेन्टाइनमा रहेका १० जनाकै स्वाब संकलन गरी आजै धनगढी पठाउछौं, साँझसम्म भरसक रिपोर्ट आउँछ ।उनले रिपोर्ट नआएसम्म उनको ला श नउठाइने जानकारी दिए । घ’टनास्थलमा प्रहरी टोली पुगिसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिए। स्वाबको नतिजा नआएसम्म लाश प्रहरीको निगरानीमा रहने समेत उनले बताए ।