25.5 C
Kathmandu
Monday, September 25, 2023
Homeराष्ट्रियएक हप्ताको अवधिमा सातजनाको मृत्यु

एक हप्ताको अवधिमा सातजनाको मृत्यु

जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिकामा एक हप्ताको अवधिमा सातजनाको मृत्यु भएको छ। बुधबार र बिहीबार क्रमशः ३२ सिकिन्द्र सिंह, ५५ वर्षीय सुकदेव भनिने सिताई महराको मृत्युसँगै मृतकको संख्या ७ पुगेको हो।  

भंगहा नगरपालिका ७ मेघनाथ गोरहन्ना नयाँ बस्तीमा गत मंगलबार स्थानीय ४० वर्षीय मोहन चौधरी, ५२ वर्षीय नथुनी चमार, ५४ वर्षका लालबाबु सिंह र बर्दिवास नगरपालिकाका ५२ वर्षका गंगाराम सदाको मंगलबार साँझ र बुधबार बिहान मृत्यु भएको थियो । 

सोही बस्तीमा झण्डै एकसाता अघि ५५ वर्षका महेन्द्र चौधरीको समेत मृत्यु भएको थियो। यो सँगै एक सातामा मेघनाथ गेहन्ना टोलमा ७ जनाको मृत्यु भएको नगरपालिकाका मेयर साहले पुष्टि गरे।

स्थानीयको अनुसार मृतकमध्ये सबैको विषाक्त मदिरा सेवनको कारण मृत्यु भएको आशंका गरेपनि मृत्युको वास्तविक कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments