एनआईसी एसिया बैंकको एटिएम फुटाएर चोरी गर्न लागेको अवस्थामा एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीले सिन्धुपाल्चोक घर भई हाल भक्तपुरकाे नगदेश बस्ने २१ वर्षीय सचिन तामाङलाई एटिएम फुटाउँदै गर्दा गएराति २:१५ बजे पक्राउ गरेको हो ।
भक्तपुर मध्यपुरठिमी नगरपालिका–६, बाहखाबजारमा रहेको सन्जिव चित्रकारको घरको भुँइतलामा एनआइसी एसियाको एटिएम छ। एटिएम तोडफोड हुँदैछ भन्ने सूचना पाउनासाथ घटनास्थल पुगेका प्रहरीले ह्याम्बर, स्क्रु डाइभर, मेसिनको वाहिरी कभर र रोलर डण्डीसहित तामाङलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दिपक गिरीले जानकारी दिए ।
पक्राउ परेका तामाङलाई महानगरीय प्रहरी वृत्त ठिमीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ।