24.9 C
Kathmandu
Monday, September 25, 2023
Homeअन्तरराष्ट्रियएप्पलले भारतमा आइफोन उत्पादन शुरु गरेसँगै मूल्यमा कस्तो प्रभाव पर्ला?

एप्पलले भारतमा आइफोन उत्पादन शुरु गरेसँगै मूल्यमा कस्तो प्रभाव पर्ला?

एप्पलले भारतबाट आइफोन १४ को उत्पादन शुरु गरेको बताएको छ। आफ्नो ‘सप्लाई चेन’लाई चीनबाट विकेन्द्रीकरण गर्ने उद्देश्यले एप्पलले भारतबाट पनि उत्पादन शुरु गरेको हो।

कम्पनीले आफ्ना धेरैजसो फोनहरु चीनमा नै बनाउँछ। तर, वासिङटन र बेइजिङबिचको तनाव बढ्दै गएपछि उसले केही उत्पादन चीन बाहिर सारेको हो।

चीनको ‘शून्य-कोभिड’ नीतिका कारण व्यापक लकडाउन जारी हुँदा पनि महामारीको समयमा व्यवसायहरूको लागि ठूलो अवरोधहरू निम्त्याएको थियो।

‘टेक्नोलोजी जायन्ट’ एप्पलले यसै महिनाको सुरुमा नयाँ आइफोन सार्वजनिक गरेको छ।

‘नयाँ आइफोन १४ मा ग्राउन्डब्रेकिङ नयाँ टेक्नोलोजीहरू र महत्त्वपूर्ण सुरक्षा क्षमताहरू राखिएको छ। हामी भारतमा आइफोन १४ उत्पादन गर्न पाउँदा उत्साहित छौँ,’ एप्पलले एक विज्ञप्तिमा भनेको छ।

ताइवानमा आधारित ‘फक्सकन’ले एप्पलका धेरैजसो फोनहरू उत्पादन गर्छ। सन् २०१७ देखि दक्षिण भारतीय राज्य तमिलनाडुमा ‘फक्सकन’ले अपरेसन सञ्चालन गरिरहेको थियो। जहाँ उसले आइफोनका पुरानो मोडलहरु बनाउँदै आएको थियो।

तर, अब एप्पल आफ्नो सबैभन्दा नयाँ मोडल आइफोन १४ नै भारतमा उत्पादन गर्न शुरु गरेर ठूलो जोखिम मोल्न तयार देखिएको हो।

भारतमा उत्पादन शुरु गरेर एप्पलले भारतीय बजारमा आफ्नो हिस्सा बढाउन खोजिरहेको बताइएको छ। गत वर्षको तथ्यांक हेर्दा एप्पलको बजार हिस्सा भारतमा लगभग ४ प्रतिशतमात्रै थियो।

भारतीय स्मार्टफोन बजारमा आफ्नो वर्चस्व कायम राखिरहेका धेरै सस्तो दक्षिण कोरियाली र चिनियाँ स्मार्टफोनसँग प्रतिस्पर्धा गर्न अमेरिकी विशाल कम्पनी एप्पलले संघर्ष गरिरहेको छ।

भारतमा उत्पादन शुरु हुँदैमा त्यहाँ आइफोनको मूल्य सस्तिने भने होइन। किनकी भारतमै उत्पादन गर्दा पनि कम्पोनेन्टमा भन्सार र अन्य करहरूसहित उच्च आयात शुल्कहरु कायम नै रहेको छ।

भारतीयहरूले ‘मेड इन इन्डिया’ ट्याग रहेको आइफोन पाउने भएपनि त्यसलाई किन्न भने ठूलो रकम नै तिर्नुपर्नेछ।

भारतमा आइफोनको उत्पादन बढ्नु प्रधानमन्त्री नरेन्द्र मोदी प्रशासनको लागि भने जित नै हुनेछ। किनकी मोदी सरकारले देशको उत्पादन र निर्यातलाई बढावा दिने भन्दै आठ वर्ष पहिले ‘मेक इन इन्डिया’ अभियान शुरु गरेको थियो।

एप्पलको घोषणाले ताइवान र व्यापारलाई लिएर चीन र अमेरिकाबिचको तनाव बढ्दै गएपछि सिर्जित अवरोधहरूबाट बच्नको लागि ‘सप्लाई चेन’लाई विकेन्द्रीकरण गर्ने दिशामा रहेको संकेत गर्दछ।

यस महिनाको शुरुमा, लगानी बैंक जेपी मोर्गनका विश्लेषकहरूले एप्पलले यस वर्ष आईफोन उत्पादनको ५ प्रतिशत भारतमा सार्ने आशा गरिएको बताएका थिए। सन् २०२५ सम्ममा कुल आइफोन उत्पादनको एक चौथाइ दक्षिण एसियाली राष्ट्रमा हुने भविष्यवाणी एक रिपोर्टमा गरिएको छ।

गत वर्ष एप्पल आपूर्तिकर्ता ‘फक्सकन’ले भियतनाममा डेढ बिलियन डलर लगानी गरेको भियतनाम सरकारले जानकारी दिएको छ। भियतनामी सरकारी मिडियाको गत महिनाको रिपोर्टअनुसार ‘फक्सकन’ले उत्पादन बढाउनको लागि देशको उत्तरमा आफ्नो फ्याक्ट्री विस्तार गर्न ३०० मिलियन डलरको सम्झौतामा हस्ताक्षर गरेको थियो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments