29.4 C
Kathmandu
Friday, June 9, 2023
E Sewa
Homeसमाचारएमसिसी देश विरुद्ध छ पार्टी नभनी देश बचाओ

एमसिसी देश विरुद्ध छ पार्टी नभनी देश बचाओ

धरान /नेपालमा एमसिसी (मिलेनियम च्यालेन्ज कर्पोरेसनको)बिबाद सतहमा आइरहेको बेला समाजवादी युबा संघ प्रदेश १ क अध्यक्षले पनि यस बिषयमा बोलेको छ।

समाजवादी युबा संघ प्रदेश नम्बर १ अध्यक्ष श्री सुब्बाले आफ्नो फेसबुकमा धारणा राख्दै नेपाल युद्धको मैदान बनाउन खोजिएको आरोप लगाएको छ।उनले `के.पी ओली र शेर बहादुर देउवाले गर्दै गर्दा…हामी देशका पार्टीका युवा र भातृ-संगठन भन्दै लड्दै गर्दा पार्टीको नाममा खोई त आज यो हाम्रो देश नेपाल आखाँको अगाडि बलात्कार हुदै गर्दा समेत हामी नेपाली युवाहरुले एकाइसौं शताबदीमा बोल्ने कि नबोल्ने´ भनेर प्रश्न गरेको छ।उनले अब पार्टीको नाम लिने दिन छैन भन्ने लाग्छ तसर्थ हाम्रो देश नेपाल बचाऊ अभियानमा लागौं भनिएको छ।

पोस्ट जस्ताको तेस्तै

प्रसंग आज नेपाली युवाहरुको कांधमा हाम्रो प्यारो देश नेपाल बचाऊँ अभियान:
     आज हाम्रो देश नेपाल युद्धको मैदान बनाउने प्रयासमा  एमसिसि प्रकरण पारित गर्ने दाँऊमा के.पी ओली र शेर बहादुर देउवाले गर्दै गर्दा…हामी देशका पार्टीका युवा र भातृ-संगठन भन्दै लड्दै गर्दा पार्टीको नाममा ….? खोई त आज यो हाम्रो देश नेपाल आखाँको अगाडि बलात्कार हुदै गर्दा समेत हामी नेपाली युवाहरुले एकाइसौं शताबदीमा बोल्ने कि नबोल्ने….अब पार्टीको नाम लिने दिन छैन भन्ने लाग्छ तसर्थ हाम्रो देश नेपाल बचाऊ अभियानमा लागौं..सबै पार्टीका सिद्धान्त सहि हुन्छन् तर  पार्टीको दम्भमा दुई तिन व्यक्तिले आज देशलाई युद्ध मैदान बनाउदै गर्दा किन नबोल्ने हामी युवाहरु….अझै एमसिसिको सरकार समक्ष भएको दश बुध्दे प्रतिवेदन सहमति हेरौ हामी सबै युवाहरुको खुन उम्लेर आउछँ…कस्तो सहमति हो त्यस्तो…५५-६१ अर्व आउँछ रे अनि नेपाल स्विजरलेण्ड बनाउने रे…..जति हामी नेपाली जनता छौ र आज जन्मिदै गरेका सबै नेपाली जनताको छोरा छोरीको शिरमा व्यक्ति पछि नेपाली ४० हजार रिण बोकेर जन्म लिन्छन् यो कस्तो बिडम्बना…..चेतना भया यो हाम्रो देश नेपाल कुनै अमेरिका र भारतको लड्ने वेश क्याम बनाउने प्रयास नगर्नु होला…यदि प्रयास गर्ने दुष-प्रयास गरेमा म देशको लागि मर्न र तातो गोली खान पनि एक कदम हिचकिचाउने छुईन् ….अब हामी १ नं प्रदेशबाट समाजबादी युवा संघले ज्यान आहूती र देशको लागि खुन बगाउन पनि एक कदम पनि पछि पर्ने छैनौ यहि ईस्टेटस मर्फत जानकारी गरौदछौ…साथै आन्दोलनको चरणबद्द कार्यक्रम र नेपाल बन्द गर्ने समेत हामी बिज्ञप्ति मार्फत अगाडि बढ्ने छौ…. साथै सबै पार्टीका युवा संगठन एक जुट भई नेपाल बचाऊ अभियानमा लागौ…..जय नेपाली युवा…..।।
            जय संघिय..जय मातृभूमि..।।।
                                     समाजबादी युवा संघ
                                        १ नं प्रदेश
                                          अध्यक्ष
                                         श्री सुब्बा

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments