29.4 C
Kathmandu
Friday, June 9, 2023
E Sewa
Homeसमाचारएसइई परीक्षा खारेज गर्नका लागि सांसदहरुको सरकार-समक्ष जोडदार माग

एसइई परीक्षा खारेज गर्नका लागि सांसदहरुको सरकार-समक्ष जोडदार माग

काठमाण्डौँ–विश्वप्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण प्रभावित माध्यामिक शिक्षा परीक्षा(एसइई)लाई खारेज गर्न सांसदहरुले माग गरेका छन्।नयाँ शिक्षा नीति बनिसकेपछि पनि एसइईलाई एसएलसी जस्तै महत्व दिएर परम्परागत ढंगबाट सञ्चालन गर्न नहुने माग सांसदहरुले गरेका हुन्।बुधबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा सांसदहरुले एसइई परीक्षाको अवधारणा परिवर्तन गर्ने अवसर अहिले मिलेको उल्लेख गर्दै नयाँ शिक्षा नीति अनुसार अगाडि बढ्नुपर्ने बताएका हुन्।सांसद गगन थापाले अहिले एसइई परीक्षा खारेज गर्नुपर्नेमा विशेष जोड दिएका छन्।अहिले त्यसका लागि कोरोना भाइरस संक्रमणले एउटा मौका दिएकोले यसको प्रयोग गर्नुपर्ने थापाको तर्क छ।थापाले भनेका छन्-यो मौका हो।एसइई परीक्षालाई खारेज गरौँ,यो मौकाको प्रयोग गरौँ,यो परीक्षाको ढाँचा हामीलाई नचाँहिने भन्दै स्पष्ट पारेका छन्।आन्तरिक मुल्याङ्कनका आधारमा विद्यार्थीलाई कक्षा ११ मा लिएर जाउँ। बोर्ड इक्जाम भनेको १२ को हो।त्यस्तै सांसद जीवनराम श्रेष्ठले शिक्षा नीति र ऐन नयाँ बने पनि एसइई परम्परागत ढंगबाट सञ्चालनमा रहेको बताएका छन्।

अहिलेको परिस्थितिले अवसर प्रदान गरेको उल्लेख गर्दै उनले नयाँ शिक्षा नीति र ऐनअनुसार यसलाई नयाँ ढंगले अगाडी बढाउनुपर्ने उनको जोड छ।सरकारले निर्णय गरेर नीतिगत रुपमै यसलाई अगाडि बढाउनुपर्ने श्रेष्ठको भनाइ छ।अर्का सांसद भैरवबहादुर सिंहले एसइई परीक्षा पहिलेको एसएलसीजस्तो बोर्ड परीक्षा नभएर माध्यामिक परीक्षा मात्रै भएकाले कक्षा ९ को जस्तो परीक्षाको ढाँचामा लिएर जानुपर्ने बताएका छन्।अञ्जना विशंखेले एक वर्षलाई मात्रै परीक्षा नगर्दा विद्यार्थी र अभिभावकहरुमा नकारात्मक असर पर्ने भएकाले योजना नै बनाएर एसइईको स्वरुप नै परिवर्तन गर्नुपर्ने बताए।समितिले विद्यालयलाई शूल्क नलिन र औपचारिक रुपमा पठनपाठन नगर्ने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।महामारीको समयमा परीक्षा,विद्यार्थी भर्ना र औपचारिक पठन-पाठन नगराउने व्यवस्था गर्न समेत सरकारलाई निर्देशन दिएको हो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments