20.1 C
Kathmandu
Wednesday, November 29, 2023
Homeराष्ट्रियओखलढुङ्गामा पनि भेटिए कोरोना संक्रमित

ओखलढुङ्गामा पनि भेटिए कोरोना संक्रमित

विश्वव्यापी कोभिड महामारीको संक्रमण ओखलढुङ्गामा पनि देखिएको छ। लिखु गाउँपालिकाका २८ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो।

भारतबाट फर्किएका उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ। जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीका अनुसार, उनी लिखु गाउँपालिकाको क्वारेन्टिनमा छन्।

भारतको गोरखपुरबाट आएका ती युवकलाई सीधै क्वारेन्टिनमा राखिएको थियो। उनी एक हप्ताअघि जिल्ला आएका हुन्।

पीसीआर रिपोर्ट आएका ६ जना मध्ये एक जनाको पोजेटिभ रिपोर्ट आए सँगै ओखलढुंगामा पहिलो कोरोना संक्रमित भेटिएका हुन्। यसअघि ओखलढुङ्गामा कसैलाई पनि संक्रमण देखिएको थिएन।

यो सँगै रसुवा र मुस्ताङ बाहेक ७५ जिल्लामा संक्रमण फैलिएको छ। महामारीबाट आइतबारसम्म नेपालमा नौ हजार २६ जनामा संक्रमण प्रमाणित भएको छ भने २३ जनाको मृत्यु भइसकेको छ। निको भएर घर फर्कनेको संख्या एक हजार ७७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयले देशका २४ प्रयोगशालाबाट कोरोना परीक्षण गरिरहेको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments