धरान /आज धरस्नको औद्योगिक मेलाको अन्तिम दिन नेपाली बब मार्लीको विशेषण पाएका धरानका चर्चित गायक गंगा बरदान र चर्चित सांगीतिक व्याण्ड डिल्ली फोम्बाको प्रस्तुति रहने आयोजकले जनाएको छ।शुक्रबार मेलामा राजेश पायल राईले दर्शकलाई खुब नचाए।मेला दिनभर लाग्ने भए पनि सहभागी बढाउन सांगीतिक कार्यक्रम राखिएको हो।
आजै युनाइइटेड डान्स एकेडेमीका डान्स संगै पहिलो पटक धरानका स्कुले विद्यार्थीहरुका विच गरिएको स्कुल डान्स आइडलको ग्रान्ड फिनाले पनि हुनेछ । समापनको अन्तिम दिन मेलाको टिकटहरु मध्ये लक्की ड्र पनि खोलिने छ । लक्की ड्रमा एक जना भाग्यशाली दर्शक लाई यामाहा स्कुटी प्रदान गरिनेछ ।