29.4 C
Kathmandu
Friday, June 9, 2023
E Sewa
HomeUncategorizedऔद्योगिक मेला,बिज्ञापनको लागि डेस्कको आवस्यक

औद्योगिक मेला,बिज्ञापनको लागि डेस्कको आवस्यक

(हिमाली सिस्नु पाउडर उद्योगका बजार प्रतिनिधि र सिस्नु पाउडर उत्पादन)

निमा पोङ्स्युवा

धरान/ धरानमा भैरहेको १० दिने औद्योगिक ब्यापार मेलाको चौथो दिन चलिरहेको छ।तर मेलामा राखिएका स्टलका ब्यापारीले बिज्ञापन डेस्कको महसुस गरिएको छ।

रिपोर्टिङको क्रममा स्टलका ब्यापारीसंग बिक्रि बारे बुझ्दा मेला भित्र आफ्ना उत्पादन बारे बिज्ञापन गर्न डेस्क चाहेको बताए ।अल एग्रीकल्चर प्राली  इमाडोल ललितपुरका बिष्णुकुमार लिङ्देनले आफ्नो उत्पादनलाई थप प्रचार गर्न चाहेको तर आयोजकले डेस्कको ब्याबस्था नगरेको पाउएको बताए । उनले गुन्द्रुकको अचार,टिमुरको छोप,माछाको अचार,च्याउको अचार लगायतको स्टल राखिएको छ।उनले च्याउको अचारलाई एउटा किन्दा एउटा निशुल्क दिइरहेको बताए।तर यसरी मात्र होइन देस्कको ब्याबस्था भएको भए थप प्रचार हुने थिए लिङ्देनले भने।चौथो दिनसम्मको बिक्रिमा सन्तुष्टि जनाए।

त्यस्तै प्रकारको गुनासो मैन्वा प्याकेजिङ इन्डुस्ट्रीका आसमान गुरुङले पनि पोखे।आफू थप प्रचारको बिज्ञापन गर्न चाहेको तर तेस्तो डेअक भएको भए राम्रो थिए गुरुङले भने।आफ्नो पनि तयारी कमि भएको बताए। उनले भिर मौरिको मह जडिबुटी सिलाजी लगायत स्टलमा राखिएका छन।म्याग्दी पोखराबाट आएका उनी बिक्रि बारे सन्तुष्ट छन।उनले बेच्न ल्याएको भिर मौरिको मह आफै काड्ने बताए।

हिमाली सिस्नु पाउडर उद्योगका बजार प्रतिनिधिको पनि उस्तै गुनासो छ। दिउँसो मेला आउने कम भएको तर रातमा केही बढी भएको बताउछ्न।रातको समयमा मान्छे आए पनि स्टल भ्रमण गर्ने किनमेल गर्ने कम भएको कुरा सिस्नु पाउडरका बजार प्रतिनिधि डोल्मा भोटिया बताउछ।उनले आयोजकले कुनकुन स्टलमा केके पाईन्छ भन्ने माईकिङ भए सबैलाई जानकारी हुने बताउछ्न।यस अघि मोरङको सुन्दर हरैचा बिराटचोकको खाद्य मेलामा समेत सहभागी भएका डोल्माले त्यहाँको प्रचारशैली र स्टल सजावट राम्रो भएको बताए।बिराट चोकको खाद्य मेलामा चटपटे लगायतको खानेकुरा गेट बाहिर रहेको थिए जसले गर्दा भित्र खुल्ला थिए डोल्माले भने।धरानमा सिस्नुको पाउडरको बिक्रि सन्तुष्ट नै भएको बताए।

अर्का भिर माहुरी महका ब्यापारी संगीता गुरुङ आफुले ल्याएको उत्पादन केही महंगो बताए । हाईअल्टिच्युट तथा ढुवानी महंगो भएकोले पनि केही महंगो भएको बताए।पोखरा एग्रोटेक प्रालिका गुरुङ आफ्नै श्रीमान ॐअप्रकास गुरुङले मह काट्ने बताए।कम्पनी दर्ता बनको पुर्जी खाद्य प्रयोगशाला लगायतको कारण नै केही महंगो हुन गएको बताए।संगीता गुरुङले बिक्रि शून्य नभए पनि केही मात्रामा भैरहेको बताउछन।

संखुवासभा जिल्ला अल्लो उनी तथा सुति कपडा उद्योगका नरेन्द्रकुमार राई जति हुनुपर्ने बिक्रि नभएको बताउछन।हेर्ने ग्राहक आए पनि किन्ने कम भएको बताउछन।मेलामा दैनिक रुपमा राष्ट्रिय कलाकार सहितको प्रस्तुति रहँदै आएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments