22.1 C
Kathmandu
Wednesday, September 27, 2023
Homeराष्ट्रियकर्णाली प्रदेशमा आज थप ७० जनामा कोरोना संक्रमण पुष्टि

कर्णाली प्रदेशमा आज थप ७० जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं । कर्णाली प्रदेशमा आज थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेत जिल्लाका ४० र दैलेख जिल्लाका ३० जना गरी ७० जनामा नयाँ संक्रमण पुष्टि भएको हो । योसँगै कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ९१६ पुगेको छ ।

आज दैलेख अस्पतालमा ५ जना र दुल्लु अस्पतालमा ४ जना गरी ९ जना निको भई डिस्चार्ज भए संगै जम्मा डिस्चार्ज हुनेको संख्या ९१ पुगेको छ । हालसम्म कोभिड-१९ को संक्रमण पुष्टि भएका मध्ये मृत्यु हुनेको संख्या ३ रहेको छ ।

आज नयाँ संक्रमण पुष्टि हुने सुर्खेतका ४० जना मध्ये गुर्भाकोटका १२ जना भेरीगंगाका १० जना बराहतालका ९ जना चौकुनेका ८ जना र वीरेन्द्रनगरका १ जना र दैलेखका ३० जना मध्ये आठबीसका २० जना नौमुलेका ९ जना र डुङ्गेश्वरका १ जना रहेका छन् ।

सबै ७० जनाको पुष्टि प्रदेश अस्पताल सुर्खेत/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट भएको हो ।

त्यसै आज भेरी अस्पतालको परीक्षणमा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले आफ्नो फेसबुक पेजमार्फत विवरण सार्वजनिक गर्दै थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । नयाँ थपिएका सङ्क्रमितहरू बाँकेका १९ जना रोल्पाका १७ जना र बर्दियाका ६ जना छन्।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments