26 C
Kathmandu
Friday, June 9, 2023
E Sewa
Homeराष्ट्रियकर्णाली प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

कर्णाली प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं । कर्णाली प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालय कर्णालीका अनुसार प्रदेश अस्पताल सुर्खेत तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका स्वास्थ्य सेवा महाशाखाका प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीका अनुसार थपिएका ८ जना कोरोना संक्रमित दैलेखका हुन् ।

उनीहरु नारायण नगरपालिका–१ का २६ वर्षीय पुरुष, नारायण नगरपालिका– ३ का १९,३०,३६ र ४० वर्षीय पुरुषहरु रहेका छन् ।

सोही नगरपालिकाका ४ नम्बर वडाका एक वर्षका बालक र २० वर्षीया महिला पनि संक्रमित भएका छन्। उक्त नगरपालिकाको वडा नम्बर ५ का १७ वर्षीय युवामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै कर्णाली प्रदेशमा कुल संक्रमितको संख्या ४६ जना पुगेको छ । कर्णाली प्रदेशमा बुधबार राति मात्र १५ जना कोरोना संक्रमित थपिएका थिए ।

प्रदेश सरकारले कोरोना संक्रमितको संख्या थप भएको प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको थियो । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने बुधबार बेलुका ४ बजेपछि थपिएका कोरोना संक्रमितको तथ्यांक सार्वजनिक गरेको छैन ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments