निमा पोङ्स्युवा
धरान / सरकारले सापटी लिएर भए पनि कर तिर्न उर्दि जारी गरेको भन्दै धरानमा मौन जुलुस निकालेको छ।
स्वतस्फूर्त रुपमा निस्केका व्यावसायीले प्लेकार्ड सहित भानुचोकमा सनिवार मौन जूलूस निकालेका हुन। व्यावसायी ब्यापारीले कर तिर्न सापट रकम कहाँ पाईन्छ?व्याकसायीलाई राहत हुँदैन हो सरकार ?नागरिक सुरक्षा खोइ? समाज रोगले भन्दा भोकमरीले आजित छ जस्ता लेखिएका नाराहरु बोकेका थिए।
प्रदर्शन बारे धरानका व्यावसायी दिनेश बान्तवाले राज्यले सापट लिएर भए पनि कर तिर्नु भनेर उर्दि जाहेर गरेपछि सापटी लिने ठाउँ कहाँ छ भनेर देखाउन सरकारलाई माग गरेको बताए।ब्यापारीलाई घरभाडा तिर्न आवस्यक भएको कर्मचारीलाई तलब दिन आवस्यक परेको भन्दै त्यस बिषयमा सरकारको ध्यान नगएको बताए। वाणिज्य संघ पनि चुपचाप बसेको गुनासो गरे।उनले जनतालाई कर तिर्न भन्ने तर नेता मन्त्रीहरु भ्रस्टाचारमा लिप्त रहेको आरोप लगाए।
अर्का कपडा ब्यावसायी सहारा कुलुङले सरकारलाई दवाब सिर्जना गर्ने उद्देश्यले मौन जुलुस गरेको बताए।आफ्नो ब्याबसायको लागि घर भाडा लिएको भन्दै घर मालिकलाई घरभाडा छुट मागेको बताए।उनले कतिपय घरधनी त्यही घरभाडामा भर परेर जिबिकोपार्जन गर्ने गरेको भन्दै कुनै सम्पन्न घरधनिले यस बिषय सोच्न सकिने बताए। घरधनिले पनि बैक किस्ता तिर्नुपर्ने भएकोले त्यस बिषयमा सरकारले बुझ्न आवस्यक रहेको बताए ।
लकडाउनले ठुला सना सबै ब्यापार ब्याबसायिलाई प्रत्यक्ष मारमा परेको छ।लक डाउन केही खुकुलो भए पनि सार्वजनिक सवारी नचल्दासम्म ब्यापार ब्याबसाय उठन सकिरहेको छैन।