22.1 C
Kathmandu
Wednesday, September 27, 2023
Homeराष्ट्रियकस्तूरी मारेको आरोपमा ७ जना परे पक्राउ

कस्तूरी मारेको आरोपमा ७ जना परे पक्राउ

काठमाडौँ । कस्तूरी मृग मारेको आरोपमा ७ जनालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । सगरमाथा राष्ट्रिय निकुञ्जको क्याङ्जुमा नजिकको ताक्डिमामा पासोमा पारेर कस्तूरी मृग मारेको आरोपमा उनीहरूलाई स्थानीय युवा क्लब र मध्यवर्ती क्षेत्रका उपभोक्ताले पाङ्बोचे र फोर्चेबाट शुक्रबार नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइएका छन ।

लुकेर बसेका उनीहरुलाई स्थानीयले छापा मारेर नियन्त्रणमा लिएका थिए ।

कस्तूरी मृगको केन्द्र मानिने सगरमाथा निकुञ्जको सगरमाथा बेसक्याम्प जाने बाटोको ताक्डिमामा धेरै समयपछि त्यति धेरै संख्यामा कस्तूरी मारिएका थिए । नाम्चेस्थित् प्रहरीमा राखिएका आरोपितलाई निकुञ्जको जिम्मा लगाइँदैछ ।

वैशाख १४ गते मालिङ्गो लिन गएका स्थानीयले पासोमा पारेर कस्तूरी मारिएको देखेपछि निकुञ्ज र सुरक्षा निकायलाई जानकारी गराएका थिए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा कस्तुरी मार्नेलाई ५ देखि १० लाख रुपैयाँ जरिवाना वा ५ देखि १५ वर्षसम्मको कैद वा दुवै सजाय हुने व्यवस्था छ । कस्तूरी मृग संरक्षित वन्यजन्तुको सूचीमा पर्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments